कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

भट्ट र केवलपुरे किसानको सम्झनामा विशेष कार्यक्रम

काठमाडौं । प्रगतिवादी स्रष्टा गोविन्द भट्ट र देवीप्रसाद पौडेल -केवलपुरे किसान) को सम्झनामा प्रतिभा प्रवाहले विशेष कार्यक्रम गरेको छ ।

ललितपुरको कुपन्डोलमा आयोजित कार्यक्रममा जनवादी गायकहरु रामकृष्ण दुवाल, जीवन शर्मा, झङ्कार बुढामगरले केवलपुरे किसानले रचना गर्नुभएको गीत तथा कविता बाचन गर्नुभएको थियो ।

कार्यक्रममा एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष ईश्वरचन्द्र ज्ञवाली, वरिष्ठ साहित्यकार अमर गिरि, जनवादी गायक खुसीराम पाखि्रनले प्रगतिवादी साहित्य र दुई प्रगतिवादी साहित्यकारको बारेमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा निभा शाह, पञ्चकुमारी परियार, राजु स्याङ्तान, माइला लामा, मञ्जु मार्मिक, रीद्धिरमण घिमिरेलगायत दुई दर्जनभन्दा बढी कवि तथा कवयत्रीहरुले कविता वाचन गर्नुभएको थियो ।

प्रतिभा प्रवाहको १०१ औँ शृङ्खला दुई प्रगतिवादी साहित्यकारमा सर्मपित गरिएको पङ्गेनीले बताउनुभयो ।