कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

पहलमान सिंह स्वाँर पुरस्कार रिसाललाई

काठमाडौं । पहलमान सिंह स्वाँर दीर्घ साहित्य साधक सम्मान वरिष्ठ निबन्धकार राममणि रिसाललाई प्रदान गरिने भएको छ । नेपाली साहित्यका अमर साधक पहलमान सिंह स्वारको नाममा स्थापित २०६८ सालको पहलमान सिंह स्वाँर दीर्घ साहित्य साधक सम्मान वरिष्ठ निबन्धकार राममणि रिसाललाई प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।

यस्तै पहमान सिंह स्वाँर साहित्य प्रतिभा सम्मान समालोचक डा. खगेन्द्र लुईंटेल तथा साहित्यकार रामलाल जोशीलाई प्रदान गरिने भएको छ । त्यस्तै, तारामान सिंह अम्बिकादेवी स्वाँर शिक्षा सम्मान शिक्षासेवी मोतीप्रसाद शर्मालाई दिनेसमेत निर्णय गर्ने भएको छ ।

सम्मानहरु पहलमान सिंह स्वाँरको १३३ औँ जन्मजयन्तीको अवसरमा मङ्सिर ६ गते प्रदान गरिने बताइएको छ ।