कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

बृहत् पुस्तक प्रदर्शनी सुरु I

काठमाडौं । पठन संस्कृति विकास अभियान: समृद्ध समाजको निर्माणभन्ने मूल नारा सहित ‘बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी’ शुक्रबारदेखि सुरु भएको छ । साझा प्रकाशनले आयोजना गरेको पुस्तक प्रदर्शनी मङ्सिर २३ गतेसम्म प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभागृहमा रहनेछ ।

प्रदर्शनीको उद्घाटन गर्दै साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक ममता झाले विभिन्न भाषा, साहित्य, कला, विषय क्षेत्र र वाङ्मयका छ हजारभन्दा बढी शीर्षकका पुस्तकहरु प्रदर्शनीमा राखिएको जानकारी दिनुभयो ।

उहाँले प्रर्दशनीमा राखिएका पुस्तकहरु पाठकलाई विशेष छुटमा उपलब्ध गराइएको बताउँदै साझा प्रकाशनले देशका सबै भाषा, सबै विद्या, भूगोल,जाति र लिङ्ग आदिसंग प्रकाशनसम्बन्धी विकास र विस्तार गर्ने उद्देश्य रहेको बताउनुभयो । साझा प्रकाशनले देशभर रहेका आफ्ना कार्यालय र विक्रीकक्षहरुमा पनि मङ्सिर ८ गतेदेखि २३ गतेसम्म पुस्तक प्रर्दशनी गरेको छ । रासस