कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

कोलोराडो साहित्य सँगमको नियमित कबिगोष्ठी कार्यक्रम सफलता पुर्वक सम्पन्न I

आचार्य प्रभा डेन्भर, कोलोराडो - अ. ने. सा. स. कोलोराडो च्याप्टरद्वारा नियमित हुँदै आइरहेको नोभेम्बर महिनाको कबिगोष्ठी कार्यक्रम यही शनिबार २७ तारिखका दिन बोल्डर स्थित कबि तथा गजलकार भुपेन्द्र महतको निवासमा सफलता पुर्वक सम्पन्न भयो। अध्यक्ष पदम विश्वकर्माद्वारा संचालन गरिएको उक्त कबि गोष्ठिमा बरिष्ठ कथाकार तथा गजलकार मनु ब्राजाकी ज्युको सदा झैं उपस्थिती रहेको थियो। उक्त कबि गोष्ठीमा कबि लेखकहरुको मात्र उपस्थिती नरहेर साहित्य अनुरागीहरुको पनि प्रशस्त उपस्थिती रहेको थियो। सधैं झैं सो कार्यक्रमलाई साहित्यमय बनाउँन निम्न कबिहरुले आ-आफ्ना रचनाहरु बाचन गर्नु भएको थियो। १. मनु ब्राजाकी २. केशब आचार्य ३. आचार्य प्रभा ४. डा.बिजय राज शर्मा ५. प्रमिला शर्मा ६. निर्मला अर्याल ७. निर्मल प्याकुरेल ८. कृष्ण मुरारी ढुङेल ९. दिनेश कार्की १०. बासुदेव खनाल ११. भुपेन्द्र महत १२. राजु सिटौला १३.कृष्ण कुमार घिमिरे १४. श्री राम लुइँटेल १५. पदम विश्वकर्मा १६. दीप्ती आचार्य।

बिभिन्न कबिहरुको निवासमा र बिभिन्न स्थानहरुमा उक्त कबिगोष्ठी हुने कारणले साहित्यलाई माया गरेर लेखन क्षेत्रमा रुची राख्दै गर्नेहरुले पनि यो साहित्य सँगममा दिनानुदिन भाग लिँदै उक्त कबिगोष्ठीलाई सफल पार्न थप मदत् गरिरहनु भएको छ। कार्यक्रमको अन्तिम समय सम्म नै श्रोताहरुको उपस्थिती भैरहेकोले यो महिनाको कार्यक्रममा अधिक सहभागिता रहेर कार्यक्रम रमाइलो बातावरणमा टुँगिएको थियो। अध्यक्ष पदम विश्वकर्माले आफ्नो छोटो भनाईमा आगामी आउँने यो कार्यक्रमलाई अझ कसरी प्रभावकारी बनाउँने भन्ने बारे छोटो टिप्पणी पनि प्रस्तुत गर्नु भएको थियो।



उक्त कबिगोष्ठीलाई सम्पन्न गर्न आफ्नो निवास स्थान उपलब्ध गराउँनु भएर आभारी बनाउँनु हुने कबि भुपेन्द्र महत तथा श्रीमती इनु महतलाई अध्यक्ष पदम विश्वाकर्मा ज्युले धन्यवाद ज्ञापन गर्नु भएको थियो। सो गोष्ठी पछी महत परिवारले मीठो रात्री भोजको पनि ब्यवस्था गर्नु भएको थियो। यसरी कोलोराडो साहित्य सँगमले यो माटोलाई साहित्यमय बनाएर नेपाली साहित्यको भण्डार भर्न थप मदत् पुर्‍याएको छ। सधैं झैं भिडियो तथा तस्बिरहरु लिई दिएर क्यामेरा म्यान शैलेस पोखरेलले कोलोराडो साहित्य सँगमलाई ऋणी बनाई दिनु भएको छ। उक्त गोष्ठीमा रचनाहरु श्रवण गर्न निम्न ब्यक्तिहरुको उपस्थिती थियो। मेघ मणी घिमिरे, सूर्य राज ओझा, पवित्रा ओझा, कुशुम थापा, इन्दिरा ओझा, पारु घिमिरे, लक्ष्मी श्रेष्ठ, अर्पणा श्रेष्ठ, मनसुबा, बिशेश्वर के.सी हुनुहुन्थ्यो। यसरी कबिहरुलाई थप् प्रेरणा दिन कोलोराडोबासीले पनि सहयोग गरिरहनु भएको छ।