कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

गजल

हिजो आज मेरो आफ्नै रहर बिरानो भो,
बस्ति बसाउँ भने यहाँ शहर बिरानो भो !

घामले डाँडा काटि जान्छ सधै बेहोसीमै,
हाँसौ भन्दा मुस्कानकै लहर बिरानो भो !

दिलमाराखि पूजागरे मै हुँ भक्त भन्दै,
मपाई वादि बन्ने हुँदा ठहर बिरानो भो !

घर न घाटको बनेपछि प्राण हर्न खोजे,
मर्छु भनि बिषै पिउँदा जहर बिरानो भो !

खडेरीले खा'को खुशी पानीभेटे फुल्थ्यो,
पटाउनलाई चाहे मैले नहर बिरानो भो ।।

भानु सुनुवार
काठमाडौं