कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

राष्ट्रिय कविता महोत्सवमा विजेताहरु पुरस्कृत

राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय कविता महोत्सवमा विजेताहरुलाई पुरस्कार प्रदान गर्नु भएको छ । शीतलनिवासमा आयोजित कार्यक्रमामा यादjmले कविहरूलाई पुरस्कार प्रदान गर्नु भएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा आयोजित कविता महोत्सवमा भोजपुरकी कवियत्री रीता खत्रीको फूल, काँडा र देश -प्रथम), धादिङका हेम प्रभासको बाटोको बाछिटा -द्वितीय) र भोजपुरका बलिराज खम्बुको नयाँ अनुहारको घेरामा योगमाया, नवलपरासीका बाबु त्रिपाठीको बासँग र नुवाकोटका रावतको देश कविता -तृतीय) हुनु भएको छ । प्रथमलाई स्वर्णपदक, र नगद १५ हजार, द्वितीयलाई रजत पदक र १० हजार र तृतीयलाई काँस्यपदक र नगद पाँच हजारबाट पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा कवि कवियत्रीहरूले पुरस्कृत आ-आफ्नो कविता पाठ गर्नुभएको थियो । प्रतियोगितामा जम्मा ३ सय ५२ कविता समावेश गरिएको थियो । कार्यक्रममा राष्ट्रपतिले राष्ट्रको भाषा, संस्कृतिलाई अक्षुण राख्न श्रष्टाले ठूलो भूमिका खेल्ने भएकाले सर्जकको सम्मान गर्न प्रज्ञा प्रतिष्ठानले अग्रणी भूमिका खेल्नुपर्ने बताउनुभयो ।

प्रतिष्ठानका कुलपति बैरागी काइँलाले बदलिँदो समयमा भाषा, साहित्यलाई समावेशी र व्यापकतामा लैजान प्रतिष्ठानले विश्व मातृभाषा दिवसका अवसरमा मातृभाषामा कविता प्रतियोगिता गर्ने जानकारी दिनुभयो ।