कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

कोठे कविता गोष्ठीको सातेो श्रृङ्खला सम्पन्न

बासु श्रेष्ठ
पुस ४, अमेरिका ।

दुई महिना भित्रका कविता लिएर प्रत्येक दुइ महिनामा आयोजना हुने कोठे कविता गोष्ठीको सातौ श्रृङ्खला सम्पन्न भएको छ । उक्त कार्क्रम मंचका सदस्य प्रेम संग्रौलाको निवासमा डिसेम्बर- १७ का दिन सम्पन्न भएको थियो । दिनको दुइ बजे देखि शुरु हुने भनिएको सो कार्यक्रम झण्डै पौने चार बजे शुरु भएको थियो ।
 
सो कार्यक्रममा मंचका सदस्य क्रमश प्रेम संग्रौला, नारायण अधिकारी, गोपाल रेग्मी, होमनाथ सुबेदी, बासु श्रेष्ठ, शरद निरोला, मोहन जोशी, गोविन्द गिरी प्रेरणा, आनन्द शर्मा, प्रकाश नेपाल, कपिल सिटौला तथा सुदिपभद्र खनालले आफ्नो कविता वचन गरेका थिए भने मंजु निरोला, कविन्द्र सिटौला तथा उद्धव घिमिरेले पानि आ-आफ्ना कविता वाचन गरेका थिए । वाचन गरिएका कविताप्रति उपस्थित सबैले समीक्षात्मक टिप्पणी गरेका थिए र विगतका केहि शृंखलामा रोकिएको यो प्रक्रिया सबैले रुचाएका पनि थिए । स्मरण रहोस् गत वर्ष डिसेम्बर १८- २०१० मा अमेरिकाको भर्जिनियास्थित बासु श्रेष्ठको घरबाट शुरु भएको कोठे कविता गोष्ठि निरन्तर चलेको एक वर्ष पुरा भएको छ ।
 
यसै गरि सोहि गोष्ठीमा छैठौँ गोष्ठिसम्मलाई आधार मानेर प्रति कवि दुइ कविताको दरले जम्मा गरेर संग्रह प्रकाशन गर्ने पनि निर्णय गरियो । कविता संकलनको जिम्मा बासु श्रेष्ठले लिने, सम्पादनको जिम्मा लगायत मुद्रण संयोजकको जिम्मा हरि घिमिरेले लिने तथा प्रकाशनको लागि लाग्ने खर्च दामासाहीले व्यहोर्ने विषयमा पनि सर्वसम्मतद्धारा पारित गरियो ।
 
कविता गोष्ठीको समाप्ति पछि मीठो खानाको व्यबस्था पनि गरिएको थियो । आठौँ कविता गोष्ठि सन् २०१२ फेब्रुअरी महिनामा गर्नको लागि सदस्य प्रकाश नेपालले तदारुकता देखाउनु भए अनुसार निर्णय गरियो ।