कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

धनकुटा प्रतिभा पुरस्कार घोषणा

धनकुटा प्रतिभा प्रतिष्ठान -कोष) ले दुई वर्षको धनकुटा प्रतिभा पुरस्कार र सम्मान प्राप्त गर्ने स्रष्टाको नाम घोषणा गरेको छ ।

२०६८का लागि गायक कृष्णभक्त राई र हास्य कलाकार समिर बराइली तथा २०६७ का लागि राष्ट्रिय फुटबल खेलाडी किरण चेम्जोङ र समाजसेवी हर्कप्रसाद लामा चयन गरिनुभएको छ ।

जन्म वा कर्मका आधारले धनकुटासँग सम्बन्ध रहेको र देशविदेशमा धनकुटालाई चिनाउन योगदान पुर्‍याउने प्रतिभालाई प्रत्येक वर्ष सम्मान गरिने कोषको प्रवास समिति सचिव तथा धनकुटा समिति उपाध्यक्ष विश्वासदीप तिगेलाले बताउनुभयो ।पुरस्कृत सबैले जनही रु १० हजार र प्रमाणपत्र प्राप्त गर्नेछन् । उक्त सम्मान यही पुस ८ गते धनकुटामा हुने कार्यक्रममा प्रदान गरिने छ ।