कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

युवा कवी भुपिन "ब्याकुल" सँगको भेट्घाट कार्यक्रम र कोठे कबिता गोष्ठी सम्पन्न ।

कृष्ण श्रेष्ठ, फ्लोरिडा -

धबलागिरी अञ्चलका लेखकहरुलाई अनेसासद्वारा प्रत्येक बर्ष प्रदान गरिने अनेसास रोहिणी शर्मा पुरस्कार बिजेता (२०११) "हजार बर्षको निन्द्रा" कबिता सँग्रहका लेखक युवा कबी भुपिन "ब्याकुल" सँग मिती ३० डिसेम्बर ११, शुक्रबार, वेष्ट पाल्म बिचमा स्थानिय कोठे कबिता गोस्ठीका साथ भेट्घाट कार्यक्रम सम्पन्न भयो । सो गोष्ठीमा अनेसास, फ्लोरिडा च्याप्टरका पूर्व अध्यक्ष तथा सल्लाहाकार डा. बिद्या सुबेदी, श्रीमती सबित्री श्रेष्ठ, कृष्ण श्रेष्ठ, तुलसी आचार्य, चेबन आचार्य, नन्द लाल आचार्य, सुमित्रा जोशी र अभीज्ञा न्यौपानेले आफ्नो रचना हरु सुनाउनु भएको थियो । छन्द बद्दका साथ अनेसास, फ्लोरिडा च्याप्टरलाई समेत समेटेर फ्लोरिडाको बारेमा रचना गर्नु भएको डा. सुबेदीको रचनाले सबैको मन जितेको थियो ।

कार्यक्रमको अन्त्यमा सो कार्यक्रमको बिशेष अतिथी कबी भुपिन "ब्याकुल" को परिचय गराउदै च्याप्टर सस्थापक अध्यक्ष तथा सल्लाहाकार सुन्दर जोशीले च्याप्टरको वार्षिक मुखपत्र "सागर २०६८" कबी ब्याकुललाई प्रदान गर्नु भयो । कबी ब्याकुल ले अनेसास फ्लोरिडा च्याप्टरले आफ्नो मातृभाषा, साहित्य र सस्कृति लाई जिबन्त राख्न मातृभुमी बाट यती टाढा भए पनि अतीनै उत्साहका लागि परिरहनु भएको सुन्न र देख्न पाउदा आफु अती नै प्रभाबित र साह्रै खुशी भएको ब्यहोरा उल्लेख गर्नुभयो । वेस्ट पाल्म बिच पाठशालाका उपस्थित बाल बालिकाहरु सँग समेत ब्यक्तिगत परिचय गरेका कबी ब्याकुलले पाठशाला मार्फत नेपाली भाषा, साहित्य तथा आफ्नो परम्परालाई दिगो राख्न पुर्याउने योगदान प्रती आफु निकै गर्बित भएको महसुस गर्नुभयो । यस्तो प्रसम्सनिय कार्यलाई उहाले एउटा स्वादिष्ट स्याउको बिज सँग तुलना गर्दै यो स्याउ भित्रको बिज भनेको एउटा अद्रिस्य बगैचा हो भन्नु भयो ।
भोलीका दिनमा यो बिज बाट अझै बढी स्याउका रुख हरु हुर्कदै नेपाली भाषा तथा साहित्यरुपी ठुलो बगैचा संसार भरी झाँगिने छ भन्दै आफ्नो सबै भन्दा प्यारो कबी भुपी शेरचनको बिबेचना सहित २०११ मा उत्कृष्ठ ठहरिएको " हजार बर्षको निन्द्रा" बाट केही कबिताहरु मिठो स्वरका साथ प्रस्तुत गर्नुभयो । अनेसास, फ्लोरिडा च्याप्टर सँगसँगै सुन्दरशैली र www.soulnooks.com नेपाली भाषा र साहित्यको उत्थान र बिकास गर्न पुर्याउने योग दानको पनि दिलैदेखी प्रसम्सा गर्नुभयो ।कार्यक्रमको अन्त्यमा अन्तरराष्ट्रिय नयाँबर्ष २०१२ को शुभकामना साटासाट गर्दै स्वादिलो रात्री भोजका साथ कार्यक्रम समाप्त भयो। ३५ जना नेपाली साहित्य प्रेमीहरु बिच सम्पन्न भएको सो कार्यक्रम च्याप्टर अध्यक्ष कृष्ण श्रेष्ठले सन्चालन गर्नु भएको थियो । अनेसास, फ्लोरिडा च्याप्टर ले कोठे कबिता ( साहित्य) गोष्ठी हरेक ३/४ महिनामा मिलाएर सन्चालन गर्दै जाने उदेश्य अनुरुप पहिलो गोस्ठी २७ फेब्रुअरी ११ मा र यो दोस्रो कोठे कबिता भएको हो ।

धन्यवाद

भबदिय
कृष्ण श्रेष्ठ,
अध्यक्ष
अनेसास, फ्लोरिडा च्याप्टर, ०१ जनवरी १२