कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

मुक्तक संग्रह मनोवादको विमोचन

ब्रुनाई, १५ जनवरी,

साहित्यकार आनन्द रानोहोछाद्धारा लिखित मुक्तक संग्रह मनोवादको विमोचन भयो ।

अफगानिस्तानको युद्धमा वीरगति प्राप्त गरेका स्व. विजय राइको सम्मानार्थ आयोजित भब्य साँस्कृतिक कार्यक्रमको लागि नेपालबाट आउनु भएका गायक राजेश पायल राईको बाहुलीबाट उक्त कृतिको विमोचन भयो ।

युद्धभूमिमा लेखिएका मुक्तकहरुको डायरी यहाहरुलाई पस्केको छु मुक्तककार रानोहोछाले भने ।

जम्मा ८१ वटा मुक्तकहरु समेटिएको संग्रहलाई प्रवासी नेपाली साहित्य समाज, ब्रुनाई /वेलायतले प्रकाशन गरेको हो ।