कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

हेमन्त परदेशीको "आधा बाटो" विमोचित

माघ २, काठमाण्डेोँ ।

हेमन्त परदेशीका शब्द संगीतकार टीका भण्डारीद्वारा संगीतबद्ध सांगीतिक एल्बम 'आधा बाटो' विमोचन भएको छ ।

काठमाडौँमा नेपाली संगीत क्षेत्रका विशिष्ट व्यक्तित्वहरूका माझ राष्ट्रकवि माधव घिमिरेले शनिबार विमोचन गरेको एल्मममा आठओटा गीत समावेश गरिएको छ ।

एल्बममा स्वरुपराज आचार्य, अन्जु पन्त, राजेश पायल राई, प्रमोद खरेल, दीपक लिम्बु, निशा देशार, प्रविशा अधिकारी सँगै संगीतकार भण्डारीको समेत स्वर रहेको छ ।

भिडियो : लुइटेल दिनेश, फोटो : राजु सुवेदी ।