कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

अनेसास लस एन्जसल च्याप्टरमा सल्लाहकार समिति गठन

जनवरी १९, २०१२, लस एन्जलस

अनेसास लस एन्जलस च्याप्टरको प्रथम औपचारिक बैठकले समितिको सल्लाहकार समिति गठन गरेको छ । नवगठित सल्लाहकारहरुमा डा. दिपक सिंखडा, बिष्णु पौडेल र इश्वरी भट्टराई रहनुभएको छ । समितिको बैठकले लस एन्जलस क्षेत्रमा बैधानिक तवरले क्रियाशिल संघ संस्थाहरुको प्रमुखहरूलाई पदेन सल्लाहकार नियुक्त गरिने जनाएको छ । जस अनुसार श्री पशुपति फाउण्डेशनका अध्यक्ष भक्त थापा, नेपाल एकता समाजकी अध्यक्ष उमा थापा, फ्रेन्डस अफ नेपाल, लस एन्जलसका अध्यक्ष डा. शम्भु ढुंगाना, एएनएस लस एन्जलसका प्रमुख अर्जुन त्रिपाठी तथा लसएन्जलस गुरुङ समाजकी अध्यक्ष तारा गुरुङ ब्ल्याक रहनु भएको छ ।

यसैगरी अनेसास लस एन्जलस च्याप्टरले कबि लेखनाथ पौड्यालको जन्म जयन्ती तथा साहित्यकार भिमनिधी तिवारीको शत-वार्षीकीको उपलक्ष्यमा आगामी अप्रिल महिनामा भव्य साहित्यिक कार्यक्रमको आयोजना गर्ने जनाएको छ । बालबालिकाहरूको विद्यालय बिदाको अबसर पारेर उनीहरू लगायत अभिभाबकहरूलाई पनि समेटी साहित्य र संस्कृती झल्कने विशाल कार्यक्रमको आयोजना गर्ने जनाएको छ । आगामी फेब्रुवरी महिनाको दोस्रो हप्ता देखी समितिका अध्यक्ष गोकुल पौडेलको निवासदेखी शुरुवात गरिने निर्णय सहित प्रत्येक महिनाको एक दिन साहित्यिक जमघट गरिने निर्णय गरेको पनि जनाइएको छ ।

बैठकमा च्याप्टरका अध्यक्ष गोकुल पौडेल, उपाध्यक्षहरू क्रमश: डन बहादुर कार्की र शुशिला (पान्डे) न्यौपाने, महासचिब गोकुल ढकाल, सचिब तिलक कार्की, सदस्यहरू शान्तिराम ढकाल, प्रेम गुरागाइं, धर्मेन्द्र प्रासाइं, सुदिप पन्त, प्रकाशचन्द्र घिमिरे र कृष्ण के सीको उपस्थिती थियो ।