कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

नेपाली समाज स्विडेनको साहित्यिक कार्यक्रम स्टकहोममा सम्पन्न I

स्टकहोम - अंग्रेजी नयाँ बर्ष २०१२ को अबसर पारेर स्विडेनमै पहिलो पटक नेपाली समाज स्विडेनको आयोजनामा राजधानी स्टकहोममा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ।

अधिकांस सहभागीहरूले गीत, कबिता, गजल, मुक्तक लगाएत आ-आफ्ना साहित्यिक रचना वाचन गरिएको कार्यक्रमको समाजका कार्यबाहक अध्यक्ष प्रबेश कुँवरको सभापतित्वमा भएको थियो। कार्यक्रम समाजका सँस्थापक एबम पूर्व अध्यक्ष बिभु कुमार मिश्र ज्युले सञ्चालन गर्नु हुँदै नयाँ बर्षको शुभकामना मन्तब्य समेत ब्यक्त गर्नु भएको थियो। सुबास अधिकारी, बिभु कुमार मिश्र, जनक राज तिवारी, सरद चन्द्र अर्याल 'महासागर' लगाएतले आ-आफ्ना साहित्यिक सिर्जना प्रस्तुत गर्नुभएको थियो।

साथै अनलाइनबाट स्पेनको शहर बार्सिलोनामा बस्ने साहित्यप्रेमी उमेश अधिकारी ज्युले केही कबिता तथा गजल बाचन गर्नु भएको थियो। हेल्प नेपालका अध्यक्ष सैलेश मणी उपाध्याय, हेल्प नेपालकै पूर्व अध्यक्ष महेश केसी लगाएतका महानुभाबहरूको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।