कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

केस्रा बिधाको औपचारिक घोषणा तथा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न I

सविन राई, क्वालालम्पुरर -


साहित्यमा नयाँ विधाको रुपमा प्रतिपादन भएको केस्रा विधाको घोषणा पत्र सार्वजानिक तथा पत्रकार सम्मेलन यही जनवरी १ तारिको दिन क्वालालम्पुर स्थित एक सभाहलमा सम्पन्न भयो ।

नयन साहित्य समाज, जोहोरका निवर्तमान अध्यक्ष तथा केस्रा विधाका प्रवक्ता दिलिप राई सगरको सभाध्यक्षमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिमा विश्व नेपाली साहित्य महासंघका केन्द्रिय सदस्य जीतमान राई 'सबिन' को उपस्थिति रहेको थियो । केस्रा बिधाका प्रवर्तक मौलश्री लिम्बुद्धारा किन र कसरी यो बिधाको जन्म भयो भन्ने बारेमा उपस्थित सबै माझ आफ्नो धारणा राखेका थिए ।


प्रमुख अतिथिले आफ्नो भनाईको क्रममा केस्रालाई आफ्नो कमिकमजोरीहरुलाई सुधार्दै अघि बड्नु पर्ने राय दिएका थिए । यसो गरेमा सफलता अवस्य मिल्न सक्छ थप आफ्नो भनाईमा बताएका थिए । साथै कार्यक्रम सञ्चालक तथा केस्रा बिधाका प्रवक्ता जीवन देवान गाउलेले पनि केस्राका बारेमा धेरै कुरा प्रस्ट्याउनुको साथै यसमा रहेका कमिकमजोरीहरुलाई एकापसमा छलफलद्धारा समाधान गर्दै लगिने कुरा बताएका छन् ।

गजलकार तथा अनाममण्डली मलेशियाका अध्यक्ष श्रीजनश्रीले आफ्नो भनाईमा केस्रा बिधालाई मलेशियाबाट प्रतिपादन गर्न सकेकोमा खुशी लागेको र यसलाई स्थापित गराउन स्वदेशमा पनि पहल गर्नु पर्ने राय ब्यक्त गरेका थिए ।


अन्य वक्ताहरु साहित्यकार मनि राई गोठाले, रुवेन पुन रन लगायतका सहभागीहरुले आ-आफ्नो राय प्रस्तुत गरेका थिए । साहित्यकार दिलिप राई सगरले केस्राको प्रकार र वाचन शैलीको बारेमा प्रकाश पार्ने काम गरेका थिए ।