कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

साझा पुरस्कारबाट दुवसु क्षेत्री पुरस्कृत I



साझा प्रकाशनले २०६७ सालमा प्रकाशन भएका विभिन्न साहित्य विधाका श्रष्टाहरुलाई पुरस्कृत गरेको छ । प्रकाशनद्वारा हरेक वर्ष प्रदान गरिने रु ५१ हजार राशिको साझा पुरस्कार ‘अश्वमेघ यज्ञका घोडाहरु’ कथाका लेखक डा दुवसु क्षेत्रीलाई प्रदान गरियो ।

यस्तै रु १५ हजार राशिको साझा लोकसंस्कृति पुरस्कार तराईको फाँटदेखि हिमालको काखसम्मका लेखक रामभरोस कापडि ‘भ्रमर’, साझा लोकसाहित्य पुरस्कार थारु लोककथा भाग एकका लेखक कृष्णराज सर्वहारी र साझा बालसाहित्य पुरस्कार विजय चालिसेलाई प्रदान गरिएको छ ।

त्यसैगरी रु १० हजार राशिको गरिमा सम्मान पुरस्कार पद्य विधामा समर्पण -कविता) का लेखक निभा शाह, गद्य विधा अर्को युग -कथा) मिश्र वैजयन्ती र गद्य विधा चकछिन्ना -कथा) इन्दि्रस सायललाई प्रदान गरिएको छ । प्रकाशनद्वारा दिइने सम्पूर्ण पुरस्कार नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेतीले प्रदान गर्नुभयो ।