कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

बाबा ओमवीर सिंह बस्न्यात पुरस्कार प्रश्रतिलाई I

बाबा ओमवीर सिंह बस्न्यात पुरस्कारबाट साहित्यकार मोदनाथ प्रश्रति पुरस्कृत हुनुभएको छ । बाबा ओमवीर सिंह बस्न्यात पुरस्कार गुठीले आइतबार प्रश्रतिलाई रु १५ हजार नगद र ताम्रपत्र प्रदान गरेको छ ।

त्यस्तै, गुठीले समाजसेवी विमला बस्नेतलाई रु सात हजार राशिको प्रतिभा पुरस्कार प्रदान गरेको छ । पुरस्कार प्रदान गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति बैरागी काइँलाले यसप्रकारका सम्मानले कुनै पनि व्यक्तिलाई आफ्नो लक्ष्यमा अघि बढ्न प्रेरणा दिइरहने बताउनुभयो ।