कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

बालसाहित्य र आख्यानसम्बन्धी गोष्ठी हुने I

महाकाली साहित्य सङ्गम र नेपाल प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा माघ अन्तिम साता कञ्चनपुरमा बालसाहित्य र आख्यानसम्बन्धी गोष्ठी आयोजना हुने भएको छ ।

माघ २८ र २९ गते भीमनगरमा सञ्चालन हुने गोष्ठीमा सङ्गमले विभिन्न साहित्यिक कार्यक्रम गर्ने सङ्गमका महासचिव हरिशप्रसाद जोशीले बताउनुभयो । सङ्गमले गोष्ठी अवसरमा प्रभातफेरि, छलीया नाच, भुवा झुस्सो नाच, देउडा तथा थारू लोकसंस्कृति प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।

यसैगरी, गोष्ठीमा कार्यपत्र प्रस्तुत तथा बालनाटक प्रदर्शन, बालगीत, बालकविता, कथा, पुस्तक प्रदर्शनी, कृति विमोचन र सम्मान कार्यक्रम गरिने छ । बालसाहित्य प्रवर्द्धन गर्ने उद्देश्यले सो गोष्ठी आयोजना गर्न लागिएको हो ।