कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

टोरन्टो साहित्य समाजको कविता गोष्ठी सम्पन्न I


गोपी काफ्ले, टोरन्टो -
बसन्त पञ्चमीका अबसरमा सरस्वति पूजा, बालबालिकाका लागी अक्षरारम्भ कार्यक्रम सहित नेपाली कविता गोष्ठी सम्पन्न भयो । अन्तराष्ट्रिय नेपाली साहित्य समाज, टोरन्टो च्याप्टर (टोरन्टो साहित्य समाज) र एनआरएन क्यानडाको भाषा साहित्य र संस्कृति विभागको संयुक्त आयोजना सपन्न उक्त कविगोष्ठीमा कवि विष्णु गौतम, कल्पना अबस्थी, डा. तुल्सी धरेल, राधिका खरेल, गोपीकृष्ण काफ्ले, रमेश भण्डारी, मुक्ति गौतम, गोविन्द सिह रावत, कुसुम ज्ञवाली लगाएतका एक दर्जन कविहरूले कविता बाचन गर्नुभएको थियो ।


साहित्य समाजका अध्यक्ष तथा एनआरएन भाषा साहित्य संस्कृति विभागका संयोजक मुक्ति गौतमको अध्यक्षतामा सम्पन्न उक्त कविता गोष्ठीमा अनेसास टोरन्टो च्याप्टरकी उपाध्यक्ष तथा एनआरएन क्यानडाकी कोषाध्यक्ष राधिका खरेलको स्वागत मन्तब्यबाट अगाडी बढेको उक्त कार्यक्रममा लोकगायक बुद्धिसागर बश्याल र रवी न्यूरेले गीत गाउनु भएको थियो । अनेसासका केन्द्रीय सद्धश्य तथा एनआरएन क्यानडाका महासचिव गोपीकृष्ण काफ्ले, उपाध्यक्ष गोपाल भण्डारी र एनसीसीयसका अध्यक्ष शुशिला भण्डारीले अतिथीको रूपमा आफ्ना मन्तब्य राख्नु भएको थियो ।

मन्तब्यको क्रममा अनेसासका केन्द्रीय सद्धश्य तथा एनआरएन क्यानडाका महासचिव आप्रवासनमा आउने नेपालीको जनसंख्या बृद्धि संगसंगै भाषा साहित्यको उन्नयनमा अनेसासको भूमिका पनि अझ बढ्दै गएकोले कार्यक्रममा नेपाली भाषा साहित्यमा समर्पित यस्ता कार्यक्रममा नेपाली डायस्पोराको सहभागिता बृद्धि गर्नु पर्ने कुरामा जोड दिनु भयो । यस्ता कार्यक्रमहरू निरन्तर रूपमा अगाडी लैजान समाजका सदस्यको पनि त्यतिकै हात रहने कुरा अ‍ौल्याउनु भयो ।

सरस्वति पूजा कार्यक्रममा पण्डित रमेश भण्डारीले बैदिक मन्त्रोच्चारणका साथमा सरस्वति पूजा सञ्चालन गर्नु भएको थियो । भाषा साहित्य रहेमा मात्र हाम्रो अतित्व रहने भएकाले भाषालाई माया गर्ने संस्कृति विकास गर्न हामी जागरूक हुने बेला आइसकेको कुरा एनआरएन क्यानडाका उपाध्यक्ष श्री गोपाल भण्डारीले बताउनु भयो । डा. तुल्सी धरेलले पनि मन्तब्य दिनु भएको थियो ।

ढुङ्गाका मूर्ति पुजा गर्ने र देवीका पोस्टरमा टिकापाति गर्नु भन्दा हरेक घरघरमा रहेका आमाहरू जसले आफ्ना शिशुहरुलाई अक्षर सिकाउँछन् तीनै आमाहरू बास्तवमा सरस्वतिका रूप हुन । हामीले तिनै घरघरमा रहेका आमाहरूको सम्मान र कदर गर्न सक्दा सच्चा सरस्वति पूजा हुने कुरा अनेसासका महासचिव कुसुम ज्ञवालीले बताउनु भयो ।

दुइ दर्जन साना नानीहरूलाई अक्षरारम्भ सम्पन्न गरीएको उक्त कार्यक्रम निरन्तर रूपमा हरेक बर्ष आयोजना हुनुपर्छ, टोरन्टो युनिभर्सिटीका पियचडिका विद्यार्थी विष्णु गौतमले उत्साह ब्यक्त गर्नु भयो ।

कार्यक्रम समापन मन्तब्य दिदै अध्यक्ष मुक्ति गौतमले आजको यो विशाल उपस्थितिले आगामी दिनमा निरन्तर कार्यक्रम गरिरहन हौसल मिलेको बताउनु भयो । कार्यक्रमको समापन पछि सहभागीहरूमा जलपान कार्यक्रम पनि आयोजना गरीएको थियो । अस्ट्रेलियाबाट महेन्द्र पौडेल, नेपालबाट सुमन धिमिर र क्याल्गरीबाट ऋषी बस्ताकोटीको समेत कविता कविगोष्ठीको लागि प्राप्त भएको थियो ।