कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

बोष्टनमा भीमनिधी तिवारी सतवार्षिकी मनाइयो I

अमेरिका - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोष्टन च्याप्टरको आयोजनामा भीमनिधी तिवारी सतवार्षिकी तथा श्रीपन्चमी एक साहित्यिक कार्यक्रम गरेर मनाइएको छ । उक्त कार्यक्रममा तिवारीको व्यक्तित्वको बारेमा प्रवचन, उहाँको रचनाहरुको वाचन साथै विभिन्न स्थानीय कवि र गजलकारहरुले कविता र गजल वाचन गरेका थिए ।



अनेसास बोष्टन च्याप्टरकी कोषाध्यक्ष डा. उषा शर्माले भीमनिधी तिवारीको जीवनी र योगदानको विषयमा बोल्नु भएको थियो भने अनेसास बोष्टन च्याप्टरकी अध्यक्ष भारती गौतमले भीमनिधी तिवारीको व्यक्तित्वको बारेमा बोल्दै सबैलाई स्वागत गर्नुभएको थियो । अच्युत अधिकारीले कवि तिवारीको कविता वाचन गर्नुभएको थियो । नेपालमा श्रीपञ्चमीको दिनमा अक्षर सिकाउने चलनलाई निरन्तरता दिंदै उक्त अवसरमा अमेरिकामा जन्मेका नेपाली भाषा नजानेका केटाकेटीहरुलाई नेपाली लेख्न सिकाइएको थियो ।

कार्यक्रममा हरि काफ्ले, लालगोपाल सुवेदी, भारती गौतम, डा. शिव गौतम, डा. मवि सिं, अनु शाह, डा. मिना सिं खड्का, देवी ओली, विष्णुमाया परियार, पुरुषोत्तम न्यौपाने, भक्त गुरुगं, मिलन गुरुगं, विजयराज पौडेल, अनु पराजुली, गोवर्धन पुजा, कृष्णराज खनाल, महेश्वर पन्त, उत्तमबाबु श्रेष्ठ, अच्युत अधिकारी, कान्ती पराजुलीले आफ्नो रचनाहरु सुनाउनु भएको थियो । कार्यक्रममा आरुजु पराजुलीले नृत्य र राम थापाले बासुरी धुन र अनु शाहले गायन प्रस्तुत गरेका थिए । डा. उषा शर्मा र उत्तमबाबु श्रेष्ठले संयुक्त रुपमा संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन अच्युत अधिकारीले गरेका थिए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोष्टन च्याप्टरको महासचिव शिव प्रकाशले हालै उक्त पदमा रहन नसक्ने औपचारिक जानकारी दिनु भएकोले उहाँले हालसम्म संस्थालाई गर्नु भएको योगदानप्रति धन्यवाद दिंदै च्याप्टरका अध्यक्ष भारती गौतमले अर्को व्यवस्था नहुन्जेलसम्मको लागि रिक्त महासचिवको कार्यभार वर्तमान कोषाध्यक्ष डा. उषा शर्माले नै सम्हाल्ने कुराको औपचारिक जानकारी गराउनु भएको थियो ।