कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

वेलायतमा बृहत साहित्यिक भेला हुदै

२५ फेब्रुवरी २०१२

लण्डन, विश्व नेपाली साहित्य महासंघ, वेलायत शाखाको आयोजनामा भोलि वेलायतब्यापी नेपाली साहित्य भेला सम्पन्न हुने कुरा महासंघ शाखा वेलायतको सुचनामा जानकारी गराईएको छ ।

साहित्य महासंघका पदाधिकारी तथा सम्पूर्ण साहित्यिक संघसंस्थाका प्रतिनिधिहरु साथै सम्पूर्ण साहित्यकारहरुलाई उपस्थितीको लागि आग्रह गरिएको छ । शाखा अध्यक्ष समिर जर्जर तथा सचिव पवन शर्माको अनुसार केन्द्रिय समितिको पदाधिकारीहरुको समेत उक्त कार्यक्रममा उपस्थिती रहने कुरा बताउनु भएको छ ।

कार्यक्रम वेलायतको पिटरब्रो स्थित दिउसो १ बजे शुरुहुने कुरा जानकारी प्राप्त भएको छ ।