कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

नेपाल र भारतका साझा भाषा-साहित्यको द्विदिवसीय सङ्गोष्ठी सम्पन्न I

चारबुँदे घोषणापत्र जारी गरी ‘नेपाल र भारतका साझा भाषा-साहित्यको द्विदिवसीय सङ्गोष्ठी’ सकिएको छ ।

घोषणापत्रमा दुई देशका साझा भाषाका प्रकाशनलाई निर्विवादरुपमा उपलब्ध गराउन सम्बन्धित देशका सरकारले पहल गर्ने प्रतिबद्धता जनाइएको छ । दुई देशले प्रयोग गर्ने साझा सात भाषामा सम्बन्धित विज्ञहरूको छलफलपछि घोषणापत्र जारी गरिएको हो ।

प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव सनत रेग्मीले नेपाल र भारतबीच भाषा मात्र नभई अन्तरदेशीय सम्बन्धलाई विस्तार गर्न दुई देशको संस्थाको सम्झौताले संस्कृति आदानप्रदानमा सघाउ पुर्‍याउने बताउनुभयो ।

नेपाल र भारतका साझा भाषा संस्कृतिको बारेमा जानकारी दिने उद्देश्यले सङ्गोष्ठीमा दुई देशका साहित्यकारहरुको सहभागिता रहेको थियो ।