कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

नेपाली साहित्य समाज कोलोराडोको आयोजनामा कवि गोष्ठी सम्पन्न I

नातिबाबु भट्ट -
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा शनीबार कोलोराडोको लेकुटमा साहित्य संगम कवी गोष्ठी सम्पन्न भयो । गायक मनोज तुलाधर तथा रमीता तुलाधरको आतिथ्यमा सम्पन्न कवी गोष्ठीमा १२ जना कवी कवयत्रीले आ-आफ्नो कविता वाचन गरेका थिए । यसरी कविता वाचन गर्नेहरुमा वरिष्ट गायक हिरण्य भोजपुरे, डा. विजयराज शर्मा, आचार्य प्रभा, निर्मल प्याकुरेल, भुपेन्द्र महत, पदम बिश्वकर्मा, उर्मीला भोजपुरे, मीना पौडेल, हरी अधिकारीलगायतका कवि/कवयत्री रहेका थिए । कार्यक्रममा मनु ब्राजाकीले पठाउनु भएको कविता पनि वाचन गरेर सुनाईएको थियो ।


हाईकु गद्य पध्य श्रींगारीक जस्ता शैलीहरुमा वाचन गरिएका अधिकांश कविताहरुमा नेपालको विगत र बर्तमान स्थिती झल्काउन खोजिएको थियो । मनीस भाग्यको खोजिमा संसारको जुनसुकै कुनामा पुगेपनि जस्तो सुकै सुःख र सुविधा उपभोग गरेपनि जन्मे हुर्केको देशको मायां ममता त्याग्न सक्दो रहेनछ भन्ने दृश्य यहां प्रष्ट देख्न सकिन्थ्यो । कतीपय कवि कवयत्रीले नेपाली दाजुभाई दिदी बहिनीले अहिले भोग्नु परेको पिडा नेताहरुको मनोमानी ज्यादै मार्मीक तरिका संग कवितात्मक शैलीमा प्रस्तुत गरेका थिए ।


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष पदम विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा गायक मनोज तुलाधरले जहाँ छन् बुद्धका आँखा भन्ने मार्मीक राष्ट्रि गीत गाएर श्रोताहरुलाई एकछिन स्तब्द पारीदिनु भएको थियो । मानीस जहाँ जसरी रहे पनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्यले यो कार्यक्रम आयोजना गरिएको कार्यक्रमका सभापति विश्वकर्मा बताउनु भयो । हामी अहिले पश्चिमी संस्कृतीमा भुलेर बस्ने हो भने बिदेशमा रहेका हाम्रा सन्ततीले भोली पुर्खा जन्मेको देशनै बिस्रने उहाँको दावी थियो ।



हरेक महिनाको अन्तिम शनिबार आयोजना गरिने साहित्य संगम कविगोष्ठी कोलोराडोमा नियमीत हुनेगरेको प्रमुख साहित्यीक कार्यक्रम हो ।


नातिबाबु भट्ट
सम्पर्क : ७२०९३७३६६३
अमेरिका