कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

अनेसास इजरायल च्याप्टरद्वारा सल्लाहकार स्याम रोक्काको विदाई कार्यक्रम सम्पन्न I




इजरायलमा स्थापित अन्तराष्ट्रिय नेपाली साहित्य समाजको स्थापना कालदेखि बरिष्ठ सल्लाहकारमा रहदै आउनुभएका कानुनविद तथा साहित्यानुरागी श्री स्याम रोक्का ज्यूको इजरायल बसार्इ सकिएकाले उहाँको सम्मानार्थ अनेसास इजरायल च्याप्टरले वहाँकै निवासमा एक कार्यक्रम गरेर विदाइ गरेको छ ।

उक्त कार्यक्रममा अनेसास इजरायल च्याप्टरका अध्यक्ष कृष्णपक्ष थापाद्वारा कदर पत्र र खाता लगाएर विदाई गरिएको थियो भने अरू उपस्थित साहित्यप्रेमीहरू सबैले उहाँलाई खाता लगाएर विदाई गरिएको थियो ।

उक्त कार्यक्रम अनौपचारिक रूपमा सम्पन्न गरिए पनि अनेसास इजरायल च्याप्टरका अध्यक्ष कृष्णपक्ष थापा, केन्द्रिय सचिव हरि मानन्धर, उपाध्यक्ष कुमार पौडेल, सदस्य दिप्स शाहद्वारा सल्लाहकार स्याम रोक्काले यस सँस्थामा पुर्याउनुभएको हरेक योगदानको जति नै कदर गरि पनि नपुग रहने र वहाँको यस सँस्था प्रतिको माया र ममताका कारण यस सँस्था जटिल परिस्थितिहरूमा पनि सहज रूपमा अगाडि बढाउन सल्लाह र प्रेरणा दिनुभएको कुरा व्यक्त गर्नुभएको थियो । साथै उहाँको भविष्य अझै साहित्यमा निरन्तर दिनसमेत अनुरोध गरिएको थियो । सल्लाहकार स्याम रोक्का परिवार सहित नेपाल फर्कदै हुनुभएकाले वहाँहरूको भावि यात्राका साथै सारा जीवन सुखमय र खुशीसाथ वितोस् भनेर कामनासमेत गरिएको थियो ।

कार्यक्रममा अनेसास इजरायल च्याप्टरकि सदस्य श्रमति सुमित्रा पौडेलद्वारा मुनामदन शैलीको विदाईकै कविता सुनाएर विदाईका साथमा अनेकानेक शुभकामना व्यक्त गरिएको थियो ।

एकातिर विदाईको दुःखद घडिमा सल्लाहकार स्याम रोक्का ज्यूबाट यस सँस्थामा पाउनुभएको आत्मियता, साथीहरूको सदभाव र सल्लाहका कारण च्याप्टर गतिशील भएको र आगामी दिनहरूमा पनि यसरी नै लैजानका लागि आफु नेपालमा रहे पनि सदैव यसै सँस्थाको हितमा लागिरहने बतानउनुभयो । यसैक्रममा यस सँस्थाबाट पाउनुभएका आत्मिय साथीहरूको सदैव साथमा रहने करा समेत बताउनुभयो ।

कार्यक्रम अनेसास इजरायल च्याप्टरका कोषाध्यक्ष सुमन कार्कीद्वारा चलाइएको थियो भने अन्तमा सल्लाहकार दम्पत्तीको कुशल पौरखले बनाउनुभएको रात्रीभोजसमेत सम्पन्न गरिएको थियो ।