कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

अनेसास इजरायल च्याप्टरको नयाँ कार्यसमिति गठन

मार्च ३१, इजरायल

मार्च ३१, २०१२ मा बसेको विशेष बैठकद्वारा अन्तराष्ट्रिय नेपाली साहित्य समाजको इजरायल च्याप्टरमा केहि पदाधिकारीहरूको हेरफेर सहित नयाँ कार्यसमितको पुनर्गठन गरेको छ ।

अनेसास इजरायल च्याप्टरका अध्यक्ष कृष्णपक्ष थापाको अध्यक्षमा सम्पन्न उक्त विशेष बैठकमा सर्वसम्मतद्वारा पुराना तथा नयाँ कार्यसमितिका सदस्यहरू चयन गरको छ । उक्त बैठकले अनेसास इजरायल च्याप्टरको अध्यक्षमा कृष्णपक्ष थापा, उपाध्यक्षमा कुमार पौडेल, महासचिवमा हरि मानन्धर, सचिवमा दिप्स शाह, कोषाध्क्षमा सुमन कार्की सर्वसम्मतबाट मनोनित गरेको छ भने बाँकी सदस्यहरूमा भगवती बस्नेत, सुमित्रा पौडेल, भगवती कनेल, समा राउत, हरि अधिकारी, डिल्ली वाग्ले, युग यमन, श्रीराम अधिकारी, लक्ष्मी पोखरेल र बि. जे. बान्तवा राई रहनु भएको छ ।

त्यसैगरि उक्त बैठकले अनेसास इजरायल च्याप्टरको सल्लाहकारहरूमा नेपाली दुतावास इजरायलका कुटनैतिक उपनियोग प्रमुख श्री रमेश प्रसाद खनाल, युएन प्रतिनिधि डा. ध्रुव कोइराला र समाजसेवी श्री कृष्ण ज्ञावली रहनुभएको छ ।