कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

लस् एन्जेलसमा भीमिनिधी तिवारीको शतवार्षिकीमा कविता वाचन I

कमल रेग्मी, क्यालिफोर्निया -
क्यालिफोर्नियाको लस् एन्जेलसमा अप्रील ३, २०१२ मंगलवार बेलुका एक कार्यक्रम गर्दै भीमिनिधी तिवारीको शतवार्षिकीको उपलक्ष्यमा उनलाई सम्झदै कबिता वाचन गरियो । शान्तिराम ढकाल, डन बहादुर कार्की, प्रकाश घिमिरे र तिलक कार्कीको संयोजकत्वमा सम्पन्न सो कर्यक्रममा बरिष्ठ कवी राकेश कार्की, शन्तिराम ढकाल, डन बहादुर कार्की, धर्मेन्द्र प्रसाइ, बलराम थापा, गोकुल पौडेल, तुलसा कार्कीको उपस्तिथी रहेको थियो ।

त्यस्तै बिमल गुरागाइ, प्रकाश घिमिरे, तिलक कार्की, सुशिला न्यौपाने र प्रेम गुरागाइले आफ्नो आफ्नो रचना वाचन गर्नु भएको थियो भने शान्तिराम ढकालले भीमिनिधीको जिबनी र उहाको कृति माथि प्रकाश पार्नु भएको थियो । उक्त अबसरमा भीमिनिधीको आत्माको चिरशान्तीको लागी एक मिनेट मौनधारण पनि गरिएको थियो।