कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

-दर्पण-

      गीत-कुमार श्रेष्ठ-


यो गीत तिम्रैलागि गर्छु म समर्पण
छायाँ हुँ म तिम्रो, तिमी मेरो दर्पण

मेरो सृजनाको बरदान हौ तिमी
मेरो दिलको धड्कन अनी प्राण तिमी
मेरो हाँसो खुशी, तिमी नै हौ जीवन
छायाँ हुँ म तिम्रो तिमी मेरो दर्पण


यो सृ‍ष्टि भरिको सौगात हौ तिमी
मेरो भावनाको अनुराग हौ तिमी
मनोहर छौ तिमी दिव्य अनुपम
छायाँ हुँ म तिम्रो तिमी मेरो दर्पण


मेरो प्रेम पूजा सबै रङ हौ तिमी
मेरो ढुकढुकीको सरगम हौ तिमी
यो मनको तरङ्ग  अनी मिठो संगम
छायाँ हुँ म तिम्रो तिमी मेरो दर्पण