कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

सर्वाधिक चर्चित पुस्तकहरू अब अनलाइनमै किन्न सकिने

छापिएका पुस्तकहरू पुग्न नसकेका विश्वका कुनाकुनामा अब इन्टरनेटका माध्यमबाट नेपाली साहित्यिक पुस्तकहरू पनि पढ्न पाइने भएको कुरा आजको चर्चाको विषय हो । पाण्डुलिपि बुक्सले आजदेखि ईपुस्तकको बिक्री वितरण थालेको छ ।


यस संस्थाले हाल चर्चित र सर्वाधिक बिक्री भएका जगदीश घिमिरेको अन्तरमनको यात्रा (संस्मरण), कृष्ण धरावासीको पाण्डुलिपि (उपन्यास), नयनराज पाण्डेको लू (उपन्यास) र श्रवण मुकारुङको बिसे नगर्चीको बयान (कवितासङ्ग्रह) लाई बिक्रीका लागि आफ्नो वेबसाइटमा राखेको छ । यी पुस्तकहरू डब्लुडब्लुडब्लु डट पाण्डुलिपिबुक्स डट कम (www.pandulipibooks.com) वा डब्लुडब्लुडब्लु डट ईबुक्स डट कम डट एनपि (www.ebooks.com.np) मा गई निश्चित रकम तिरेर पढ्न सकिन्छ ।

प्रेषित विज्ञप्तिअनुसार पाण्डुलिपिले धेरैभन्दा धेरै पुस्तकहरूलाई एउटा बृहत् विद्युतीय पुस्तक संग्रहको रूपमा बिकास गर्ने लक्ष्य लिएको छ । तसर्थ यो एउटा व्यवसायमात्र नभएर नेपाली साहित्यको विकास, विस्तार र समृद्धिको लागि एउटा अभियान पनि हो ।


Pandulipibooks.com: