कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

राजन मुकारुङद्वारा लिखित उपन्यास दमिनी भीर बजारमा


 काठमाडौं, माघ १९- साहित्यकार राजन मुकारुङद्वारा लिखित 'दमिनी भीर' नामक उपन्यास आज बजारमा आएको छ। उपन्यासमा चोक, गल्ली र भट्टीपसलदेखि आन्दोलनको मैदानसम्म अनि सहरदेखि ग्रामीण भेगसम्मको बदलिँदो स्वरुपलाई प्रस्तुत गरिएको छ। यसमा पहिचानसहितको सङ्घीयतामा जोड दिइएको छ।

बिहीबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति वैरागी काइँलाले उपन्यास विमोचन गर्दै समाजमा सांस्कृतिक र भाषिक रुपले दलनमा परेका वर्ग समुदायमा आएको नयाँ चेतनाका बारेमा कृतिले प्रकाश पारेको बताए।

लेखक एवम् पत्रकार नारायण ढकाल र नारायण वाग्लेले साहित्यकार तथा लेखकले समाजको यथार्थ विषयवस्तुलाई लेख्न आँट गर्नुपर्नेमा जोड दिए। लेखक मुकारुङले आफूले समाजको धरातलीय यथार्थ अनुभूत गरी उत्पीडिनमा परेका वर्गसमुदायलाई राज्यको मूलधारमा ल्याउनका लागि जमर्को गरेको बताए। यसअघि लेखकको 'हेत्छाकुप्पा' नामक उपन्यास प्रकाशन भएको थियो।