कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

तेश्रो विश्वको मान्छे म

केदार संकेत


द्वन्द र सङ्घर्षर्को
म मिथकीय आवरण
मलाई सधै यसोरीनै पोतीरहनु
उतारीरहनु साँघुरी क्यानभासमा
मलाई तिमीले जस्तो
टेलिस्कोपले सधै सधै अरुको आकास हेर्नु छैन
मलाई मेरै सुख्खा फोक्ल्याँटासँग
संघर्ष गर्नु छ
अर्थ्याउलाउ फेरी
विज्ञान दूषित छ भन्ने दावी पनि त हैन यो ।


सोच्छु जीवनको प्रारभ्म
र, जीवको विकाश सङ्गै घोत्लिनु यो समय हैन
म तेश्रो विश्वको अविकसित मान्छे
तर पनि खोजीरहेछ प्रथम विश्वले
म बाट गाभो रोपेको हेर्न ।


मलाई अतिवादीका बथानहरू सँङ्ग
सम्वाद गर्नु छैन
मैलेत देश सुहाउँदोशव्द खोज्न छ
माटो सुहाउँदो विउ रोज्नु छ
सीमान्तीकृत हाम्रा उपेक्षाहरु खोज्नु छ ।


अहँ! अमृतले तिर्खा मार्न नखोज
पानी पानी नै हो
पानी आफ्नै पद्धतिमा बग्दा
ढुङ्गाको चेपबाटपनि यस्ले आफ्नो बाटो बनाउछ,
जव यस्लाई छेकिन्छ/थुनिन्छ
तर यस्ले अर्कौ बाटो सजिलै रोज्दछ
गन्तब्यको सिरानतिर अविरल हिड्नु छ ।


हामी हामीबाटनै
सुको जम्मा गर्नु छ
बजेट त अपाङ्ग सरकारको न हो
क, ख, रा चिन्नु छ, चिनाउनु छ
अनिपो सिद्ध होला
तिमीले घोकेको सुत्र
तिमीले रचेको सिद्धान्त ।


हामी मुर्खहरु
त्रुटिपुर्ण काब्य रचिरहेछौ
तेसो त:
संश्लेषणात्मक पद्धतिका विपरीत
विश्लेषणात्मक पद्धति पनि त हो
अव हामीले सुको–सुको भेलागरेर
सुर्काहरुलाई गरामा परिणत गर्नु छ ।


म तेश्रो विश्वको मान्छे
भीरमा नै झुण्डिन सजिलो ठान्छु
पहरामानै फुन्न सोभनीय ठान्छु।


तर पनि खोजीरहेछ प्रथम विश्वले
कालन्तर:
–ऊ सधै लखेटीरहेछ
– म सधै भागीरहेछु
तर यो नसम्झिनु कि
म हारी रहेछु
यो एक सङ्केत
यो एक अवधारणा, चिन्तन ।