२१ माघ, काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले झन्डै तीन हजार स्रष्टाको व्यक्तिवृत्त समेटिएको ‘साहित्यकार परिचय कोष’ तयार गरेको छ ।
प्रतिष्ठानले पहिलोपटक तयार गरेको सो पुस्तकमा विभिन्न्न ११ वटा भाषाका स्रष्टा समेटिएका छन् । देशका ७५ वटै जिल्लाका साहित्यकार, गीतकार, सङ्गीतकार र ललित कलाकार रहेको प्रतिष्ठानका प्राज्ञ तथा कोषका प्रधानसम्पादक विष्णु प्रभातले जानकारी दिनुभयो । तत्कालीन उपकुलपति डा वासुदेव त्रिपाठीको कार्यकालमा प्राज्ञ गोविन्द भट्टको नेतृत्वमा विष्णु प्रभातसहितको टोलीले विसं २०६१ मा कोषको तयारी सुरु गरिएको थियो ।
कोषको निर्माण कार्य पूरा भए पनि प्रतिष्ठानमा केही वर्ष पदाधिकारी नहुँदा प्रकाशन कार्य स्थगन भएको थियो । चालु आर्थिक वर्ष कोषको मुद्रणका लागि सरकारले रु छ लाख विनियोजन गरेकाले परिचय कोष प्रकाशनको अन्तिम तयारी भइरहेको प्रभातले बताउनुभयो । सिमित बजेटका कारण कोषको पहिलो संस्करण दुई हजारप्रति प्रकाशन हुने भएको छ ।
यसअघि निजी क्षेत्रबाट घटराज भट्टराई, जयदेव भट्टराई, रामप्रसाद दाहाल र दीपक अर्याललगायतले अलग अलगरूपमा स्रष्टा र विभिन्न क्षेत्रका व्यक्तित्वका परिचय पुस्तक प्रकाशन गर्नुभएको थियो । रासस
गतिविधि
प्रज्ञा प्रतिष्ठानले तीन हजार स्रष्टाको साहित्यकार परिचय कोष तयार गर्यो
प्रज्ञा प्रतिष्ठानले तीन हजार स्रष्टाको साहित्यकार परिचय कोष तयार गर्यो
सम्प्रेषक - कृष्णपक्ष :
साहित्यसंसार डट कम
साहित्यसंसार
साहित्यसंसार डट कम अनलाइन साहित्यिक पत्रिका हो । नेपाली भाषा साहित्यमा भएका विविध गतिविधिहरूको जानकारी तथा साहित्यकारहरूका सिर्जनाहरू क्रमबद्ध रुपमा संकलन गर्ने इन्टरनेट थलोको रुपमा यसलाई लिन सक्नुहुन्छ । लेख, रचना तथा साहित्यिक समाचार पठाउन हाम्रो इमेल ठेगाना - info@sahityasansar.com