कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

रिजाल र श्रेष्ठलाई धरणीधर सम्मान


धरणीधर पुरस्कार प्रतिष्ठानले यस वर्षको धरणीधर सम्मान कवि एवं गीतकार कालीप्रसाद रिजाललाई र धरणीधर पुरस्कार कवि एवं कलाकार नरेन्द्रबहादुर श्रेष्ठलाई प्रदान गरेको छ ।

प्रतिष्ठानले रिजाललाई दोसल्ला ओढाउनाका साथै श्रेष्ठलाई दस हजार र सम्मानपत्र प्रदान गर्‍यो । रिजालका ११ कृति तथा श्रेष्ठका तीन कृति प्रकाशित छन् । प्रतिष्ठान र नेपाल स्रष्टा समाजद्वारा कोइरालाको एक सय बीसौँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशी, साहित्यकार परशु प्रधान र तेजेश्वरबाबु ग्वङ्ग्व तथा प्रतिष्ठानका अध्यक्ष कृष्णराज कोइराला र साहित्यकार पुष्पा खनालले कोइरालाले “जाग अब जाग …”कवितामार्फत प्रजातन्त्र प्राप्तिका लागि जनतामा जागरण फैलाएको चर्चा गर्नुभयो ।

यसअघि धरणीधर सम्मान १८ जना र पुरस्कार १३ जनालाई प्रदान गरिसकिएको छ । अनुदार राणाशासनको कोपभाजन हुन पुगेर प्रवासलाई कर्मभूमि बनाउन बाध्य कवि कोइरालाको जन्म विसं १९४९ आजकै दिन र निधन विसं २०३६माघ २६ गते भएको थियो ।
Image: Penlovers in Nepal