कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

गजल - पदम भण्डारी




तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देउ
युद्ध मैदानमा हाम्रो बैंश जति गल्छ गल्न देउ

कच्याक कुचुक मनहरु छातीभित्रै जलाउने
नकचरो बैंशलाई जति जल्छ जल्न देउ

साध्य छैन डाह गर्नेहरुको चिहान खोतलेर 
गतिवान समयलाई जति टल्छ टल्न देउ

उर्लिएका ज्वारभाटा चुँडिरहेछन् सक़्नेहरु
ईतिहास बनिसक्यो जति छल्छ छल्न देउ

राम, रावण, कंश सबै हारेका छन् प्रेममा 
बिटुलो भएको सुख शान्ति जति ढल्छ ढल्न देउ


पदम भण्डारी