कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

गजल - रमेशप्रसाद अर्याल




मायाजालमा कसैलाई पार्नेछु म चौधै गते
पिरतीले जिन्दगीलाई बार्नेछु म चौधै गते

धरै नै छन् माया गरी दोधारमा पार्नेहरू
प्रेम प्रस्ताव आफैँ अघि सार्नेछु म चौधै गते

बुझेपछि माया प्रेम बदलियो सोच बिचार
पैलो चोटी उनको सामु हार्नेछु म चौधै गते

एक्लै भइस् रमेशे तँ भन्नेहरू हेर्नुहोला
हात समाई आँधिखोला तार्नेछु म चौधै गते

रमेशप्रसाद अर्याल 
aryalrms@yahoo.com