कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

बिना तामाङ 'सुनगाभा'को कथा संग्रह 'छुकी' विमोचित



नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा यहि माघ २७ गते शनिबार तामाङ डाजाङले नवस्रस्टा बिना तामाङको कथा संग्रह ‘छुकी’ बिमोचन गरेको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति बैरागी काँइलाले उक्त कथा संग्रह बिमोचन गर्न भएको हो ।

नेपाली र तामाङ दुवै भाषामा उक्त संग्रह एकैपटक प्रकाशन भएको छ ।शब्दहार क्रियशनले प्रकाशन गरेको 'छुकी' कथा संग्रहभित्र नारी संवेदना, पछिल्लो जनयुद्द र त्यसको परिणितीको साथमा प्रेमसम्बन्धी जम्माजम्मी ११ वटा कथाहरु रहेको छ।

तामाङ भाषा साहित्यमा हालसम्म प्रवेश गर्ने नारी स्रष्टाहरुमा सातौं स्थानमा पर्नु हुने स्रष्टा बिना तामाङको कथाहरुको समिक्षा पत्रकार एवं साहित्यकार फुलमान बल र साहित्यक संजाल नेपालका अध्यक्ष दिपक कथितले गर्नुभएको थियो भने भाषाविद अमृत योन्जनले साहित्यले चिन्तन, दर्शनलाई उजागर गुर्नपर्ने र तामाङ साहित्य त्यसतर्फ उन्मुख हुदै जानुपर्ने कुरामा जोड दिनुभएको थियो ।