कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

रेगिस्तानी कवि तीर्थ संगम राईको एकल वाचन तयारी पूरा




राजेश्वर ढकाल, दोहा - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कतार च्याप्टर र नवोदित साहित्यिक मोवाइल पुस्तकालय, कतारले नियमित संचालन गर्दै आइरहेको वाचन डबलीको तयारी पुरा भएको छ । आयोजकले आफ्नो २४ औं वाचन डबलीमा रेगिस्तानी कवि तीर्थ संगम राईको एकल वाचन कार्यक्रम गर्न लागेको हो ।

दोहामा आफ्नै छुट्टै पहिचान  बनाई  सकेका कवि राईले एकल वाचनमा ढेड दर्जन कविता सुनाउने छन् । कविता बिशेष गरि डायास्पोरिक, समसामयिक, राजनैतिकचेत, देशप्रेम, आदिवासीको मर्म, नारीवादी, प्रणयभावमा भएको बताए ।

उनले कार्यक्रमको अन्तमा दोहाका नवसर्जकहरु कविताको लेखन र विम्व प्रयोगमा अन्यौल पर्ने देखेको बताउदै ती नवआगन्तुक कविहरुको लागि भनेर नै कविता लेखन र विम्व प्रयोगको विषयमा केही घारण राख्ने जानकारी दिए । कार्यक्रममा विशिष्ट श्रोताको रुपमा नायिका सोभित सिम्खडा उपस्थित हुनेछिन् भने कार्यक्रमको संयोजक गजलकार श्याम रानाभाटले गरेका छन् ।

 २०३४ साल ०८ मंसिर खोटाङ्ग, बुईपा जन्मेका हुन् ।  हाल अस्थाई बसोबास झापा, बिर्तामोड गर्दै आएका कविले स्नातकसम्मको अध्ययन पुरा गरेका छन । २०४९ सालबाट साहित्य लेखनको सुरुवात गरेका कवि राईले कविता, नाटक, गीत, कथा, गजल आदि विधाहरुमा कलम चलाउने गरेका छन् ।

राईका प्रकाशित कृतिहरु   “बसन्त” कथा तथा कविता संग्रह—२०५३ ,“संगमका केहि फुटकर रचनाहरु” मिश्रित संग्रह—२०५७,“प्रवासी संगालो संगम अनि सहयात्रीहरु” मिश्रित संग्रह—२०६६  प्रकाशन भइसकेका छन् भने  कविता संग्रहको प्रकाशनको तयारीमा छन् ।