कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

यस वर्षको भीमनिधि तिवारी पुरस्कार कृष्ण शाह यात्री र ज्ञानु अधिकारीलाई



 साहित्यकार भीमनिधि तिवारीको १०१ औँ जन्मजयन्तीको अवरसरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा एक समारोहबीच यस वर्षको ‘भीमनिधि तिवारी पुरस्कार’ वितरण गरिएको छ । यस वर्षको ‘भीमनिधि तिवारी नाट्य साहित्य पुरस्कार’ नाट्यकर्मी कृष्ण शाह यात्रीलाई प्रदान गरिएको छ ।

यात्रीका नाटक, समालोचना र आख्यान विधाका ३३ कृति प्रकाशित छन् । हालै मात्र उनले ‘भीमनिधि तिवारीका नाटकमा रङ्गमञ्चीय शिल्प’ नामक शोध ग्रन्थ प्रकाशनका लागि तयार भएको छ ।

यसैगरी ‘भीमनिधि तिवारी साहित्य पुरस्कार’ समालोचक ज्ञानु अधिकारीलाई प्रदान गरिएको छ । यात्री र अधिकारीलाई पुरस्कार साहित्यकार मदनमणि दिक्षितले प्रदान गरेका हुन् । पुरस्कार राशी पचास हजार (संयुक्त) रहेको छ ।

कार्यक्रम डा. तारानाथ शर्मा, डा. तुलसी भट्टराई, कृष्ण शाह यात्रीलगायतले तिवारीको विविध विधा माथी प्रकाश पारेका थिए । र्काक्रमका संयोजक बेञ्जु शर्माले तिवारीका कृतिहरू अङ्गे्रजीमा प्रकाशित गरिन लागेको जानकारी गराईन् ।

भीमनिधि तिवारीका ‘सहनशीला सुशीला’, ‘शिलान्यास’ सहित १९ नाटक, ‘यशस्वी शव’, ‘विस्फोट’ लगायत १२ काव्य, १० काव्य सङ्ग्रह, २ गीतसङ्ग्रह र एक–एक निबन्ध सङ्ग्रह र उपन्यास प्रकाशित छन् ।