गत हप्ता स्थानीय जोर्डन स्थित नेपाली महासंघको कार्यालयमा हङकङमा रहेका कृयाशिल नेपाली स्रष्टाहरूको साझा ‘साहित्यिक सृङ्खला दशौं’ विगतझैं प्रत्येक महिनाको अन्तिम आईतवार विहान कवि चन्द्र मादेन ‘आन्छन्को’ सँयोजकत्वमा सौहाद्वपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
नेपाली वाङ्मयको सम्र्दन र सम्रक्षण गरौं’ भन्ने नारा राखिएको वेनरमा हङकङका कृयाशिल र दिग्गज शाहित्यकारहरूको बसिवियाँलो चौतारीको रूपमा प्रेमीलो साहित्यमय उपस्थिति भएको थियो ।विगतका दिनहरूमा भन्दापनि धेरै दशजना स्रष्टाहरूबाट देशप्रेम र जीवन जगतका कविता, गजल, गीत र मुक्तकहरू सुनाईएको थियो ।उपस्थितहरू सवैले यसलाई उपलव्धि मानेका थिए ।
धारावाहिक रूपले भैरहेको उक्त कार्यक्रममा सृजनशील कवि र कवयित्रीहरू-वल्लव रोका (देश वचाँऊ), प्रकाश छाङ्छा (फूटकर मुक्तक), पूर्णिमा शाह (सुनौलो विहानीवनि आयौ तिमी), टोप ब याक्खा (म सडक र संघीयता), मोहन गुरूङ्ग (हावा चल्यो), भुपेन्द्र चेम्जोङ (ऐना), विष्णु ईङ्नाम (मेरो सपनाको घर), डी बी पालुङ्वा(विसंगति) त्रिभुवन लुङ्फुङ्वा (आउदैछु म मातृभूमी) र चन्द्र मादेन “आन्छन्”(माटोको लागि) द्वारा वाचन र समिक्षा गरिएको थियो भने अन्य स्रष्टाहरू विष्णुनन्द चाम्लिङ् र महेन्द्र लिम्वूबाट समिक्षात्मक टिप्पोणी रहेको थियो ।
हङकङको दशौं साहित्य श्रृङ्खला
सम्प्रेषक - कृष्णपक्ष :
साहित्यसंसार डट कम

साहित्यसंसार
साहित्यसंसार डट कम अनलाइन साहित्यिक पत्रिका हो । नेपाली भाषा साहित्यमा भएका विविध गतिविधिहरूको जानकारी तथा साहित्यकारहरूका सिर्जनाहरू क्रमबद्ध रुपमा संकलन गर्ने इन्टरनेट थलोको रुपमा यसलाई लिन सक्नुहुन्छ । लेख, रचना तथा साहित्यिक समाचार पठाउन हाम्रो इमेल ठेगाना - info@sahityasansar.com
थप साहित्यिक गतिविधि