कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

रोल्पामा क्रियाशिल साहित्यिक संस्थाहरुको साहित्यिक वनभोज


 
 
२७ फागुन रोल्पा । रोल्पामा क्रियाशिल साहित्यिक संस्थाहरुले माडीचौरमा साहित्यिक वनभोज गरेका छन् ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा, ललित साहित्य परिषद्, जलजला साहित्य परिषद्, प्रगतिशील लेखक संघ जिल्ला शाखा, नेपाली लेखक संघ जिल्ला शाखा र अखिल नेपाल लेखक संघ जिल्ला शाखा रोल्पाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमको समन्वय राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाले गरेको थियो ।
सोही कार्यक्रममा आगामी नयाँ वर्षको अवसरमा जिल्ला स्तरीय साहित्यिक विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । उक्त साहित्यिक विशेष कार्यक्रम सम्पन्न गर्नका लागि डी.बी. टुहुरोको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । ओम पंक्षी सहसंयोजक रहनुभएको छ । यस्तै मूल आयोजक समितिका सदस्यहरु दीपेश पराइ विष्टलाई व्याच व्यानर संयोजक, गीता निर्दोषीलाई कार्यक्रम व्यवस्थापन संयोजक, कविता उपाध्यायलाई आवास/भोजन व्यवस्थापन समिति, नवीन लोचन मगरलाई आर्थिक संयोजक, खेमराज गाउँललेलाई प्रकाशन संयोजक, देवी गुरुङलाई सांस्कृतिक संयोजक, सिर्जना सेनलाई अतिथि सत्कार संयोजक, चन्द्र जी.एम.लाई मञ्च व्यवस्थापन संयोजक र अमरजित पुनमगरलाई सञ्चार संयोजक तोकिएको छ ।
यसैबीच हरेक महिनाको १५ गते सञ्चालन हुने स्रष्टा चौतारीमा बाचन भएका रचनाहरुलाई प्रकाशन गर्ने निर्णय गरिएको छ । पत्रिको नाम स्रष्टा चौतारी हवाइ पत्रिका राखिएको छ । उक्त हवाइ पत्रिकाको प्रकाशन सोही महिना कार्यक्रम संयोजन गर्ने संस्थाले गर्ने निर्णय भएको छ । यस्तै जिल्लाबाट प्रकाशित पत्रिकाहरुले महिनाको एक पटक एउटा पृष्ठलाई साहित्य विशेष वनाउन अनुरोध गर्ने निर्णय गरिएको छ ।

साहित्यमा राजनीतिक दलप्रति ध्यानार्षण : यस्तै देशको अवस्थाप्रति साहित्यकाहरुले चिन्ता व्यक्त गरेका छन् । साहित्यकारहरुले देशलाई यथासिघ्र निकास दिन सबै राजनीतिक दललाई ध्यानाकर्षण गराएका छन् । सहमतीय सरकार गठन गर्न नसकी दलहरुले देशलाई अनिर्णयको बन्दी वनाएको ठहर गर्दै उनीहरुले यस्तो निर्णय गरेका हुन् । कार्यक्रममा ३३ जना साहित्यकारहरुको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।