कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

वसन्तका साहित्यिक गुञ्जन सिक्किममा

काठमाडौ, जेष्ठ २७,

विश्वव्यापी काव्ययात्रामा निस्केका कवि/गीतकार वसन्त चौधरीले भारतीय राज्य सिक्किममा समेत काव्यपाठ गरेका छन । गान्तोकमा बिहीबार आयोजित प्रेस क्लब अफ सिक्किमको मासिक शृंखला 'विचार कला संगम' मा वसन्तले 'आमा सहित केही कविता, गीत र गजल सुनाए । 

'मलाई गान्तोक सिँगारिएको काठमाडौं जस्तो लाग्यो, यहाँको आफ्नोपनले मलाई नेपालबाहिर छु जस्तो लागेन,' त्यस क्रममा उनले भने, 'गान्तोकलाई म काव्य सहर भन्न चाहन्छु । मैले सिक्किममा जुन साहित्यिक आतिथ्य पाएँ, त्यसले मलाई नदेखेको सपना पूरा भए जस्तो अनुभूति दिएको छ ।' 

सीजी इन्टरटेनमेन्टले विज्ञप्तिमा जनाए अनुसार, कार्यक्रममा स्थानीय लब्धप्रतिष्ठित व्यक्तिहरूसमेत सहभागी थिए । ८९ वषर्ीय पत्रकार/राजनीतिज्ञ सीडी राईले पुरानो नेपाली गीत सुनाइसकेपछि भने, 'सिक्किमेली साहित्य र वैचारिक कार्यक्रमको यो एउटा उत्कृष्ट नमुना हो ।' 

सिक्किम नागरिक समाजका मुख्य संयोजक तथा वास्तुविद्् किरण रसाइली, प्रेस क्लबका अध्यक्ष भीम राउत तथा महासचिव जोसेफ लेप्चा, नेपाली साहित्य परिषद््का महासचिव चक्रपाणि भट्टराईले पनि बोले । चक्रपाणि, अमर बानियाँ 'लोहोरो', दीपा राई, मणिका दाहाल, विजय बान्तवा, श्याम प्रधान, प्रवीण खालिङ र चन्द्र दुलालले कविता वाचन गरे । -  इकातिपुरबाट: