कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

गजल - निशा खनाल




स्वार्थ बोकी निर्लज्ज भै, तिम्रो इमान झुकेपछि
थाम्दा थाम्दै जनताको, आँसु त्यसै सुके पछि !

लाग्छन सबै लाखा पाखा, तिमीलाई देख्दाखेरि  ,
द्धन्द जगाई माहुरीको झैं "रानो" फुटेपछि,

उम्रदैन बीज त्यहाँ, बाँझो रुक्खो माटो पर्दा ,
मन भरि यातनाको ज्वारभाटा टुटेपछि ,

छटपटिदै कति मरे कतिलाई मार्यौ होला ,
छाती दुख्छ आमाको त्यो, सृष्टि सारा लुटेपछि ,!

काखको छोरी बा बा भन्दै, रुन्छिन धुरूधुरू
ढल्यो बावु बन्दुकको, कुइनाले कुटेपछि ।


निशा खनाल अर्याल
हाल  इजरायल