दीपक ज्योति पौडेल, बेल्जियम - भोजपुर प्रतिभा प्रतिष्ठान, बेलायतले कवि बिमल गिरी र शैलेन्द्र साकारलाई यस वर्ष वरिष्ठ ‘भोजपुर प्रतिभा पुरस्कार’ र ‘भोजपुर प्रतिभा सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ।
भोजपुर प्रतिभा प्रतिष्ठानका अध्यक्ष दयाकृष्ण राईको अध्यक्षतामा हालै बेलायतमा बसेको बैठकले नेपाली भाषा, साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याए बापत् उहाँहरूलाई उक्त सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। उक्त पुरस्कार आगामी २१ गते काठमाण्डौमा एक समारोहको आयोजना गरी प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ।
युवा कवि गिरीले प्रवासमा रहेर पनि भाषा साहित्यको क्षेत्रको उल्लेखनीय योगदान पुर्याउदै आउनु भएको छ। कवि तथा गजलकार गिरी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), बेल्जियमका अध्यक्ष समेत हुनुहुन्छ। पुरस्कृत सर्जकप्रति अनेसास बेल्जियमले हार्दिक बधाई ज्ञापन गरेको छ।
साहित्य, सङ्गीत तथा खेलकुद विधामा भोजपुरे प्रतिभालाई दिइने सम्मान यसअघि पूर्णप्रकाश नेपाल ‘यात्री’, परशु प्रधान, कृष्ण जोशी, जिबी लुगुन र पुरस्कार श्रवण मुकारुङ, दिनेश बान्तवा, विप्लव ढकाललाई प्रदान गरिसकिएको छ।
भोजपुर प्रतिभा पुरस्कार विमललाई
सम्प्रेषक - कृष्णपक्ष :
साहित्यसंसार डट कम
साहित्यसंसार
साहित्यसंसार डट कम अनलाइन साहित्यिक पत्रिका हो । नेपाली भाषा साहित्यमा भएका विविध गतिविधिहरूको जानकारी तथा साहित्यकारहरूका सिर्जनाहरू क्रमबद्ध रुपमा संकलन गर्ने इन्टरनेट थलोको रुपमा यसलाई लिन सक्नुहुन्छ । लेख, रचना तथा साहित्यिक समाचार पठाउन हाम्रो इमेल ठेगाना - info@sahityasansar.com