कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

क्यानभासमा कोरिएका कथाहरु

समीक्षा
राजु महत

स्वच्छन्द शैलीमा लेखिएका क्यानभाासमा कोरिएका कथाहरु कथा शृखलामा पच्चीस वटा कथा संगहीत छन् । कथाकारले समय भावनालाई लयबद्ध गरेर समेटिदिएकी छन् । कथाकार शर्मिला खड्का (दाहाल) ले परम्परागत शैली तोड्दै नयाँ ढंगबाट कथा लेखन शुभारम्भ गर्नुभएको छ । कथाकार दिवाकर र अनामिकालाई पात्रको रुपमा प्रस्तुत गर्दै प्रत्येक कथा निजात्मकरुममा अगाडि बढेका छन् । कथाहरुमा सामाजिक विसंगति, आधुनिक समाजमा देखापरेका पुस्तागत वैचारिक भिन्नता, देशको समसामाथिक अवस्थाले सिर्जना गरेका संवेदनहीनता र विकृतिहरुको वास्तविक ढंगबाट प्रस्तुत भएका छन् ।

हरेक कथामा कथाकार कथासँगै बगेका छन् । आफनै अनुभवलाई कथात्मक शैलीमा आफै पात्र बनेर सामाजिक यर्थाथता र संस्कारजन्य बाध्यताहरुलाई समेटेर विद्रोह र मिलापलाई वास्तविकतामा देखाउँदै समस्या र समाधान दुवैकालाई उजागर गरिएका छन् । वास्तविक पात्रहरुलाई कथामा उतारेर तीनै पात्रहरुलाई नै कथा लेख्न लगाएर कथाकार साक्षी बसेकी छन् र पाठकहरु न्यायमूर्तिको रुपमा न्याय सम्पादन गर्न सक्षम भएफैँ देखिन्छन् ।

देशले भोगेको समाजले आत्मसात गर्न नसकेको समसामयिक समस्याहरुको कथाहरुमा बाहुल्यता पाएका छन् । पुरुष प्रधान वर्चस्वको कारण नेपाली समाजमा अव्यक्तरुपमा रहेको नारीका समस्याहरु अस्तित्व खोजिसँगै विवद्रोहको आकारमा देखपरेका र पति पत्नीबीचको सम्बन्धलाई समानता र आत्मसम्मानका रुपमा रहनुपर्ने विषयलाई कथाहरुमा बेजोड किसिमले उठाइएको छ ।
विकृति, त्रासदी, पीडा, वेदनालगायत विद्रोह, द्वन्द्व, प्रेम, प्रणय, यौन, सबैलाई समेटेर कथाहरु सुन्दर बनेकाा छन् । विदेशिएका नेपाली युवा–युवतीका पीडा, विदेशममा बलात्कृत भएकी नेपाली महिलाहरुको व्यथा, माओवादी द्वन्द्वमा छापामारभएकी युवती खुल्ला र स्वतन्त्र जीवनमा बाध्यताले यौनकर्मी हुनुपरेको र विदेशममा मारिनु परेको विषयहरु मन छुने खालका छन् । असफल प्रेम, विखण्डन भएको सामाजिक मान्यता, शहरी जीवनमा मौलाउँदै भएको युवा–युवतीबीचको यौन उच्छृखलता र विकृत बन्दै गएको समाज, मर्यादाको सीमा नाघेर असाजिक बन्दै गएका मानिसहरु, घरपविार र त्यसको कलुषित असरले मानवता मर्दै गएका विषयहरु कथाहरुमा समावेश छन् । मानवीय संवेदना हराएको समाजमा आफनै आमाको उपचारको लागि सहयोग नपाउँदाको पीडाले आफनै साहुलाई मारेर खर्च जुटाउदा पनि आमालाई बचाउन नसक्दा विक्षिप्त भएको युवकाको कथा मर्माहत छ ।

कलाकारले कुचीले चलाएर सुन्दर चित्रको सिर्जना गर्दै क्यानभासलाई जीवन्त बनाएजस्तै कथाकार शर्मिला खडका (दाहाल) ले पनि क्यानभासमा कोरिएका कथाहरुलाई नेपाली साहित्यकाशमा एउटा जीवन्त कृति दिने कोशिश गरेकी छन् । यद्यपि नयाँ शैलीगत रुपमा कथाहरु लेखिएकाले व्याख्यात्मक ढंगमा आएका एकै किसिमका भावनात्मक विषयहरु दोहोरिएका छन् । एक कथा अर्को कथासँग सम्बन्धित भएका कारण उपन्यास जस्तो पनि लाग्छ । तथापि मुक्त शैली र नवीन ढंगले लेखिएको कृति भएकोले नेपाली साहित्यमा यसले नयाँ तरगं पैदा गरेको छ ।