कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

युएईमा साहित्यिक महोत्सव सम्पन्न



 त्रिलोचन कोइराला
अबुधावी । युएई प्रेमले संसार बदल्न सक्दछ घृणाले होइन, प्रेम साहित्य हो । साहित्य देशको र जनताको आवाज वन्नु पर्दछ । म कवि र साहित्यकार होईन म उपासक मात्र हुँ । साहित्यको माध्यमद्धारा समाज परीर्वतन गर्न सकिन्छ भन्दै थिए कबि तथा गीतकार बसन्त कुमार चौधरी ।बौद्धिक जमातको शान्त माहोल छरपस्ट कुण्ड कुण्ड बसाइ बसाइमा नेपाली सुगन्धित माटोको चर्चा राष्ट्र राष्ट्रियता अनि शान्तिको कामना गरिएको साहितिक अनि विशुद्ध सांगीतिक माहोल ।

 नेपाली साँगितीक जगतका लव्ध प्रतिष्ठित सर्जकहरु बसन्त कुमार चौधरी ,न्युह बज्रचार्य, जेम्स प्रधान र विश्व नेपाली ।युएइमा रहेका नेपाली साहित्यका सर्जकहरुले गजल कवितामा भन्दै थिए देश छोडे पछी मन मष्तिस्कले भावना बुन्छ त्यै भावना साहित्य बन्दछ । देशको माया देश छोडेपछि बढछ । नेपालका अनाथ बालबालिकालाई शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने उदेश्यका साथ आयोजना गरिएको च्यारिटी साहितिक एवं सांगीतिक कार्यक्रममा बरिष्ठ कवि एवं गितकार बसन्त कुमार चौधरीको म्युजिक भिडियो लभ फरेवरू र इ-बूक मेघा नेपालका लागि युएइका राजदूत धनाझय झाले र्साबजनिक गरे ।
 नेपाली साहित्यमा प्रेमीला शब्दहरु खेलाउने कबि तथा गीतकार बसन्त कुमार चौधरीले युएइमा रहेका साहित्य प्रेमी र्दशककालागि आˆना कबिता र्माफत स्वागत गरेका थिए । उनले कविता मार्फत नै नेपालको कोशेली वाढेक थिए । उनि कवितामा भन्दै थिए लुम्विनी ,सगरमाथा , पशुपति , मेचि र कालीले तिमीलाई सम्झेको छ । माया कोशेली पठाएको छ । महिले झोलामा राखेको छु तिमीलाई दिन्छु नेपाली सुगन्धित माटो दिन्छु नेपाली मायाको आर्शिबाद दिन्छु ।आधा र्दजन नेपाली अनि तिन हिन्दि कबिता बाचन गरेका साहित्यकार चौधरीको कवितामा माटोको चर्चा थियो , राष्ट्र र राष्ट्रियता प्रतिको आगाध स्नेह थियो । अनि देश र जनता प्रतिको वफादारीको आग्रह थियो । मायालु प्रतिको अपार , अनन्त अनि असिमित मायाको प्रेमीला रंगिन शव्दहरु थियो । चौधरीको प्रस्तुति कवितामा आˆनो मायाको कुरा गरे अनि पाखा पखेरा मात्र होइन परदेशीको पिडा पनि पोखे ।

 एकवारको चोला मरेर जान्छ र्फकेर आउदैन् वोलका गितले हलमा उपस्थित सवै आगन्तुकलाई मानविय सेवा नै हाम्रो धर्म हो भन्ने अनुभूत गराउन सफल भएकी थिईन गायीका रेखा घिमीरे । लगतै गायीका रेखा घिमीरेले वसन्त चौधरीको लभ फरेभर एल्वममको ‘तिमी आयौ वहार आयो’ वोलको गीतले सवै ध्यान आकषिर्त गर्न सफल भएकी थिईन । ‘छाएछ वसन्त , तिम्रै प्रेमले’, वोल्नै पर्छ भन्ने छैनू र ‘खुलम खुल्ला पच्छयौरीको’ गीतहरु युएईका गायक खेम घिमीरे र रेखा घिमीरेले ‘मेडलीम’ वसन्त चौधरीका गितहरु गाउँदै उपस्थित दर्शकहरु मोहित भएका थिए । नेपाली संगीतका ख्याती प्राप्त संगीतकार न्युह वज्रचार्यले वसन्त चौधरीका गितहरुका साथमा ‘फुलको आँखामा फुलै संसार , काँडाको आखामा काँडै संसारू वोलको गित गाउदा मनविय मनहरुमा जीवन प्रतिको दृष्टिकोणलाई हेर्ने नयाा आयाम कोर्नु पर्दछ भन्ने भावना झकृत गराएका थिए । गायक विश्व नेपालीको गलाको जादुले माहोललाई भरपुर जोशिलो वनाएको थियो । उनले वसन्त चौधरीको लोकापिर्त एल्वमको ँकति घुम्ति कति मोडू गितले उनको आवाले दर्शकलाई मन्त्रमुग्ध पार्न सफल हुनुका साथै हिन्दि गितहरुद्धारा सुवास छर्न सफल भए । उक्त कार्यक्रममा जेम्स प्रधानले पनि आफ्ना गलाको जादुले सवैलाई आकर्षित गरेका थिए । त्यसैगरी युएईका गायक सुमन उदयले ८० दशकका नेपाली गितहरु तथा हिन्दि गितहरुको प्रस्तुतीले सवैलाई कर्मर मर्काउन आगाज गरेको थियो भने उनलाई केहि गितहरुमा गायीका शेरोनले साथ दिएकी थिईन् ।

 युएइमा र्चचित साहित्यकारहरुको जमघटमा उमेश राइ आफ्नो जिबन कालमै यति सभ्य, भब्य साहितीक कार्यक्रम नदेखेको बताउँदै गजल प्रस्तुत गरे । रुपै ज्यान मारा तिम्रो बोलि ज्यान मारा, र्बषातले छयाप्प चोली भिज्दा रुपै ज्यान मारा, युएईका डेड र्दजन नेपाली कबि गजलकारहरुले साहितिक महोत्सवमा बाचन गरिएका साहित्य भित्र माया पि्रती ,राष्ट्रियता, राजनीतिक समय सान्दर्भिक रचनाहरु सर्मदासी काईला, जे सागर, उमेश राई ‘घायल’, पी.एस. लिम्बु ‘निश्चल’ , दिपराज योङ्हाङ, तिलक अनुरागी , सुबाश संगम राइ, दलबीर बराइली ‘घायल’,आदील सर्वर ‘नेपाली’ , पवन र्धति मगर, सरोज लिम्बु , मुम्चे राई , लगाएतले आ आफनु साहित्य वाचन गरेका थिए । दुबईको ईम्पेरीयल स्विट होटलमा भएको साहितिक महोत्सव कार्यक्रमबाट सकंलन हुने रकम नेपालमा अनाथ बालबालिकाको शिक्षा र स्वास्थ्य हेरचाहमा सकृय भुमिका र्निवाह र्गदै आएको संस्था ‘स्टेप्स नेपाल’लाई सहयोग गरिने कार्यक्रममा संयोजक परमा सुबेदी घाणेकर जानकारी गराएकी थिईन । कार्यक्रममा रात्री भोजका साथ बेलुकी ९ बजे सम्म चलेको थियो ।