कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

विवशको एउटा गजल - भयो

















तिमीसँगै हाँसखेल गर्दै दिन काट्ने बानी भयो ।
हिजो सम्म विताएको समय त्यो हानी भयो ।

कहिले गुलाव कहिले कमल, कहिले भयो सुनाखरी
यिनै पाखा पर्वत सबै फुल खिल्ने छानी भयो ।

सपनाको पाटो अलग विपनाको फेरि उस्तै
जिन्दगीमा धेरै गल्ती किन जानी जानी भयो ।...

कल्पनाको सँसारमा डुँवे धेरै पटक मैले
अब तिम्रो काख मलाई मेरै दाना पानी भयो ।

विगतलाई विर्सिएर धेरै अघि बढ्नु पर्छ
विवशको सँसारमा तिम्रो माया खानी भयो


१० अक्टोबर २०१३, इजरायल