कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

कथाकार बिपुल बिक्रम सिजापतिको कथा सङ्ग्रह कास्कोल विमोचन


२२ असोज, काठमाण्डौं । कथाकार बिपुल बिक्रम सिजापतिको कथा सङ्ग्रह “कास्कोल” विमोचन भएको छ । गत असोज १९ गते एक समारोहका बिचबीच ईबुक र प्रिन्टबुक सँगसँगै विमोचन भएको छ ।

विमोचन कार्यक्रममा कथाकार बिपुल बिक्रम सिजापतिले कथा सङ्ग्रहको बारेमा प्रकाश पार्नु भएको थियो भने प्रमुख अतिथि प्र.डा. मोहनराज शर्माले कास्कोल कथा सङ्ग्रहमाथि संक्षिप्त समालोचना गर्नु भएको थियो ।

यसै गरी अतिथि साहित्यकार किशोर पहाडी र साहित्यकार डा. दीपक खडकाले पनि कथा सङ्ग्रहमाथि आफ्नो संक्षिप्त मन्तव्य राख्नु भएको थियो । “कास्कोल” कथा सङ्ग्रहमा विभिन्न विषय, वाद, मानवीय सम्बन्ध र संवेदनालाई पृष्ठभूमि बनाएर राष्ट्रिय तथा अन्तरराष्ट्रिय भूभागलाई पनि समेटदै लेखिएका बिस उत्कृष्ट कथाहरू संकलित रहेका छन् ।