कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

काठमाडौंमा साहित्य महोत्सव हुँदै

नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने उद्देश्यले कात्तिक ८ देखि ११ गतेसम्म काठमाडौंमा तेस्रो नेपाल साहित्य महोत्सव हुनेभएको छ । पुस्तक प्रकाशन तथा लेखन कार्यशालाको माध्यमबाट नेपाली साहित्यको प्रवर्द्धनमा सक्रिय बुकवोर्म फाउण्डेसनले महोत्सव आयोजना गर्न लागेको हो । सातजना विदेशी लेखकसहित मुलुकका प्रतिष्ठित साहित्यकार सहभागी हुने महोत्सवमा नेपाली साहित्यका विविध पक्षमा छलफल हुने फाउण्डेसनका अध्यक्ष अजित बरालले जानकारी दिनुभयो ।