कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

टङ्कप्रसाद रमादेवी पाठक पुरस्कार मिश्रलाई


२०७० असोज २४, यस वर्षको ‘टङ्कप्रसाद रमादेवीपाठक पत्रकारिता पुरस्कार’ बिबिसी नेपाली सेवाका सम्पादक रवीन्द्र मिश्रलाई प्रदान गरिने भएको छ ।

पुरस्कारको रकम दुई हजार अमेरिकी डलर छ । पत्रकार मिश्र तीन दशकदेखि पत्रकारितामा संलग्न हुँदै आउनुभएको छ । यसैगरी ५०० डलरबराबरको टङ्कप्रसाद रमादेवी पाठक पत्रकारिता साधना पुरस्कार २०७० झापामा रहेर पत्रकारिताका माध्यमबाट सामाजिक उत्थानमा चार दशकअघिदेखि संलग्न हुँदै आउनुभएका ‘पूर्वाञ्चल दैनिक’का प्रधानसम्पादक मदन ढकाललाई प्रदान गर्ने निर्णय भएको अमेरिकाको टेक्सास राज्यस्थित हेम सरिता पाठक एकेडेमीले जनाएको छ ।

घोषित पुरस्कार आगामी वर्ष वैशाखमा नेपालमा प्रदान गरिने छ । पत्रकार गोकुलप्रसाद पोखरेल संयोजक रहेको छनोट समितिमा पत्रकार तीर्थ कोइराला, जीवेन्द्र सिंखडा र एकेडेमीका प्रतिनिधि पर्शुराम पाठक हुनुहुन्थ्यो । रासस