कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

सृष्टिको रोमान्स विमोचित


२ कात्तिक, काठमाडौ । यौन विशेषज्ञ डा. सुवोध पोखेलद्धारा यौन मनोविज्ञानमा आधारित पुस्तक सृष्टिको रोमान्स नामक पुस्तकको आज विमोचन भएको छ । शनिवार रिपोर्टर्स क्लब नेपालमा सम्पन्न कार्यक्रममा डा. भोला रिजाल, डिल्ली राज पोख्रेल र ऋषि धमलाले संयूक्त रुपमा उक्त पुस्तकको विमोचन गर्नुभयो ।


नेपाल ईन्स्टिच्यूट अफ हृयूमन सेक्सुआलिटि काठमाडौले प्रकाशन गरेको सो २ सय ३१ पृष्ठमा समेटिएको सो पुस्तकमा विभिन्न विषयलाई ४४ परिच्छेदमा लिपिबद्ध गरिएको छ ।
कार्यक्रममा डा. भोला रिजालले सेक्सको विषयमा खुलेर कुरा गर्न नसक्ने नेपाली समाजमा डा पोख्रेलको यौन मनोविज्ञान सम्बन्धी पुस्तक कोसे ढुंगा भएको भन्दै यसलाई नेपाली सहित्यको उदाउदो नक्षत्रको रुपमा लिनु पर्ने बताउनुभयो ।

उहाँले नेपालमा ६७ प्रतिसत मानिसहरुमा यौन सम्बन्धी रोग भए पनि खुलेर कुरा गर्न नसकेको कारणले समस्या बनेको उल्लेख गर्दै यो पुस्तकले यस्ता मनोविज्ञानलाई बदल्ने विश्वास ब्यक्त गर्नुभयो ।

पुस्तकका सर्जक डा सुवोध कुमार पोख्रेलले डा रिजालबाटै पुस्तक लेखनमा प्रेरणा पाएको उल्लेख गर्दै पुस्तक मार्फत आफूले यौन शिक्षा र स्वास्थ्यमा जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको सुनाए । उनले रोमान्स विनाको सृष्टि सम्भव नभएकोले पनि आफूले पुस्तको नामनै सृष्टिको रोमान्स राखेको जानकारी दिदै यसले यौन सम्बन्धी कुधारणालाई पुस्तकले थोरै भएपनि हटाउन मद्दत गर्ने विश्वास गर्नुभयो ।