कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

अमेरिकामा सत्रजना महिलाद्वारा 'अर्की आईमाई' सार्वजनिक

अमेरिका/ भर्जिनिया - अमेरिकाको डीसी महानगर क्षेत्रमा आयोजित तेस्रो अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलनको अवसरमा नीलम कार्की निहारिकाको उपन्यास “अर्की आईमाई” सार्वजनिक गरिएको छ। नेपालका बिबिध क्षेत्रमा क्रियाशील सत्रजना महिलाको हातबाट उक्त उपन्यास सार्वजनिक हो । उपन्यास अमेरिकामा जीवन व्यतित गरिरहेकी एक महिलाको जीवनमा आधारित छ।
उपन्यासलाई गायिका नलिना चित्रकार, कलाकार अस्मिता रंजित, समाजसेबी विष्णुमाया परियार, अनेसासको अध्यक्ष तथा कबि गीता खत्री, कथाकार सीता पाण्डे, उपन्यासकार कविता पौडेल, निबन्धकार भारती गौतम, गजलकार आचार्य प्रभा, ब्युटिसियन तथा कवि ममता कर्माचार्य, नायिका गौरी मल्ल, राजनीतिकर्मी कुन्ती थापा, कबिहरु गङ्गा लिगल, सरस्वती रिजाल, गीता पन्थ, मनु लोहोरुङ, दीपा राई पुन र अनु शाहले संयुक्त रुपमा बिमोचन गरेका हुन्।
0 नेपाल , क्यानाडा, पोर्तुगल , जापान र अमेरिकामा रहेका तीनसयभन्दा बढी साहित्यकारको उपस्थिति रहेको कार्यक्रममा विमोचित उक्त कृति शब्दहार क्रियशनले प्रकाशित गरेको हो।