कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

सरकार ! तिमीले देखेका छैनौं

कविता
सुशिलशाह

सुशिल शाह


सरकार ! तिमीले देखेका छैनौं
पहिरोले खाएको त्यो  खेत
जो कुनै किसानले
हिउँदमाखाउँलाभनी
बर्खामा–
भोकभोकै रोपेको थियो

सरकार ! तिमीले देखेका छैनौं
बाढीले लिएको त्यो घर
जो कुनै मजदूरले
चैतमासको हुरी
असारको मेघ
र पुषमाधको ठन्डोबाटबचुलाभनी
रिनैरिनले लाएको थियो

सरकार ! तिमीले देखेका छैनौं
के खाउँ? के लाउँ?चिन्तै–चिन्ताले
दिमागीहालतबिगे्रर
सडकमाउत्रिएको पागल
यै देशको,
जो एक नागरिक हो

सरकार ! तिमीले देखेका छैनौं
हातभरि छाला गएको
निदारभरि पसिनाभएको
र छातीभरि चोट सहेको
त्यो पर्देशी

सरकार ! तिमीले देखेका छैनौं
तल्लो जातको भनेर
घरमा बस्ननदिएको
मन्दिरमा पस्न नदिएको
र पिरतिमाफस्ननदिएको
त्यो दलित

सरकार ! तिमीले देखेका छैनौं
छोरी भएकाले
आमाले आदैपेट ख्वाएकोे
बुबाले गोठालो लाएको
र भाग्यले सधैं र्वाएको
त्यो चेली

तिमीले देखेकाहौंला
काठमान्डु र आसपास
मैले देखेको नेपाल
सरकार ! तिमीले देखेका छैनौं ।

सम्पर्क नं  ९८४३५९८८९१
( कुपण्डोल, ललितपुर )